चितवन । नेकपा केपी ओली समूहका नेता रामबहादुर थापा बादलले आफू लालगद्दार भन्नेहरुलाई प्रश्न गरेका छन् । शनिबार चितवनमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले, ‘केही साथीहरू मलाई लालगद्दार भन्नुभयो । म लाल गद्दार भए उहाँहरू के गद्दार हो ? पार्टी फुटाउने उहाँहरु हो ।’ केही दिन अघि चितवनमा बादल लालगद्दार भन्दै कालो बेलुन उडाइएको थियो । बादलले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले पार्टीमा फुट पैदा गरेको आरोप लगाए ।
‘तपाईंहरूले जसरी पार्टीमा फुट पैदा गर्ने दुस्साहस गर्नुभएको छ, त्यसबाट पछाडी फर्किनुस्’, गृहमन्त्री थापाले भने, ‘आफ्ना गल्ती स्वीकार्नुस्, आउनुस् पार्टीमा फर्किनुस्। जनता एकता चाहान्छन्।’ उनीहरूलाई केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाका फर्किन पनि अपील गरे।
बादलले प्रचण्ड नेपाललाई गल्ती स्वीकार्दै सरकारले घोषणा गरेको निर्वाचनमा भाग लिएर प्रधानमन्त्री बन्न पनि सुझाए । साथै उनले ओली नेतृत्वको पार्टीमा आए मतपत्र च्यात्नु नपर्ने भन्दै कटाक्ष गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ माघ २०७७, १६ : ५०
लेखकबाट थप