करेलाको रसले अनुहारको दाग हटाउँछ, जान्नुहोस् करेला स्वास्थ्यका लागि कति फाइदाजनक छ

एजेन्सी

विहीबार, १५ माघ २०७७, १४ : १३
करेलाको रसले अनुहारको दाग हटाउँछ, जान्नुहोस् करेला स्वास्थ्यका लागि कति फाइदाजनक छ

काठमाडौँ । करेला तितो हुने भएकाले धेरैले यसको तरकारी वा जुस खान मन पराउँदैनन् । तर करेला स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यसको जुस र तरकारी खाँदा शरीरका विभिन्न समस्याहरुबाट छुटकारा पाउन सकिन्छ । 

टाउको दुख्ने समस्या 
अत्यधिक टाउको दुखाईको समस्यामा करेलाको सेवन लाभदायी मानिन्छ । टाउको दुखेको समयमा करेलाको पात पिसेर टाउकोमा लगाउँदा दुखाईबाट राहत पाउन सकिन्छ । 

अनुहारको दाग हटाउन 
अनुहारमा आउने दागहरु लामो समयसम्म नहराउँदा विभिन्न उपायहरु अपनाउने गरिन्छ । जसले छालामा कुरुपता ल्याउँछ । यस्तो समस्यामा करेलाको रस र मुलतानी माटो मिसाएर लगाउँदा दाग हट्दै जान्छ ।  श्वासप्रश्वास समस्यामा स् ताजा करेला दम, रुघाखोकीजस्ता श्वासप्रश्वासको समस्यामा लाभदायी मानिन्छ ।

लिभर टनिक : दैनिक एक गिलास करेलाको जुसले कलेजोको समस्या समाधान हुन्छ । स्वास्थ्यमा परिवर्तन आएको हेर्न कम्तीमा पनि एक साता करेलाको जुस पिउनैपर्ने हुन्छ ।

रोग प्रतिरोधक : पानीमा उमालेको करेलाको पात दिनहुँ खानाले शरीरमा रोग प्रतिरोधी क्षमतामा वृद्धि हुन्छ ।

डण्डीफोरमा : करेलाको सेवनले डण्डीफोर, दागलगायतका छालाको संक्रमण हटाउनुका साथै रगतमा भएको अनियमितता हटाउछ । कागती मिसाएको करेलाको जुस ६ महिनासम्म खाली पेटमा खानाले अनुहारको सुन्दरतामा निखार ल्याउछ ।

 मधुमेह : करेलाको जुसले टाइप टु मधुमेहलाई सबैभन्दा बढी लाभ मिल्छ । चिनिया र भारतीय प्राचिन चिकित्सा पद्दतिमा करेला लामोसमयदेखि प्रयोग हुँदैं आएको विश्वास गरिन्छ । हालै भएका अनुसन्धानले पनि यसलाई पुष्टि गरेको छ । इन्सुलिनको अभाव वा विकासका प्रतिरोधकका कारण कोषहरुले रगतबाट सुगरको मात्रा लिन असफल भएमा टाइप टु मधुमेह लाग्छ । दुवै अवस्थामा कोषहरु सुगर लिन असमर्थ रहन्छन् । किनासे नामका प्रोटिन सक्रिय नहुँदा कोषले सुगर लिन नसक्ने भएकाले करेलाले किनासेहरुलाई सक्रिय बनाउछन् । करेलामा रहेका केही रासायनिक तत्वहरुले पनि इन्सुलिनको जस्तै काम गर्छन्, जसले रगतमा सुगरको मात्रा कम गर्न मद्दत गर्छन् ।

कब्जियतमा : यसमा भएका फाइबरहरुले खाना पचाउन मद्दत गर्छन् । यसले गर्दा कब्जियतको समस्या पनि हट्छ ।

छालाको समस्यामा : करेलाको नियमित सेवनले छालालाई चम्किलो राख्न मद्दत गर्नुका साथै दागरहित बनाउन मद्दत गर्छ । छालाका रोग तथा संक्रमण हटाउछ । यसमा भएको भिटामिन सिले चाउरीपना हटाउछ ।

मिर्गौला र ब्लाडर : यसले कलेजो र ब्लाडरलाई स्वस्थ बनाउन मद्दत गर्छ । यसका साथै मिर्गौलाको पत्थरी हटाउन पनि सहयोग गर्छ ।

मुटुको रोग : यो मुटुको समस्याका लागि पनि लाभदायी मानिन्छ । यसले शरीरमा भएको खराब कोलेष्टेरोल हटाई हृदयाघात हुने सम्भावना कम गर्छ । यसले रगतमा चिनीकोमात्र घटाई मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ ।

तौल घटाउन : यसमा भएका एन्टिअक्सिडेन्टले शरीरलाई स्वस्थ राख्छ । यसले मेटाबोलिजम र पाचन प्रणालीलाई सुधार गर्ने भएकाले चााँडो चाँडो तौल घटाउन यसले मद्दत गर्छ ।

 


 

प्रतिक्रिया दिनुहोस