११ वर्षीया बालिका बलात्कृत, भारतीय नागरिक पक्राउ

सफल खबर संवाददाता

आइतबार, ११ माघ २०७७, ११ : २४
११ वर्षीया बालिका बलात्कृत, भारतीय नागरिक पक्राउ

सांकेतिक तस्वीर

वीरगञ्ज । वीरगञ्जमा ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, पर्साले भारतको चम्पारण घर भई वीरगञ्ज महानगरपालिका २ छपकैया बस्ने ३६ वर्षीय नेहाल मियालाई पक्राउ गरेको हो।भारतसँगको सीमा क्षेत्रमा डेरा गरी बस्ने मियालाई शनिबार बिहान पक्राउ गरेको प्रहरी नायब उपरीक्षक (डिएसपी) मनोजित कुँवरले बताए।

उनका अनुसार घटना गत शुक्रबार राति १० बजे भएको थियो।

‘मिया र पीडितका बुवा साथी हुन्। उनीहरू भारतसँगको सीमा क्षेत्रमा डेरा गरी बस्छन्,’ डिएसपी कुँवरले भने, ‘शुक्रबार राति मिया पीडितको घरमा बस्न गएका थिए। राति कोही नभएको मौकामा बालिकामाथि बलात्कार गरे।’

बालिका चिच्याएपछि मिया घटनास्थलबाट भागेका थिए। उनलाई प्रहरीले खोजतलास गरी पक्राउ गरेको हो।

उनीमाथि प्रहरीले जबरजस्ती करणीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ।

आइतबार उनलाई हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालतबाट म्याद थप गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस