केपी ओलीलाई घुँडा टेकाएर छोड्छौँ : झलनाथ खनाल

सफल खबर संवाददाता

शुक्रबार, ०९ माघ २०७७, १५ : १६
केपी ओलीलाई घुँडा टेकाएर छोड्छौँ : झलनाथ खनाल

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले कुन पार्टी आधिकारिक हो सडकमा आएर हेर्न चुनौती दिएका छन् । 

नेकपा प्रचण्ड माधव समूहले काठमाडौँमा गरेको शक्ति प्रदर्शनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका झलनाथ खनालले केपी ओलीको प्रतिगमन नसच्चिएसम्म आन्दोलन नरोकिने बताए । प्रतिनिधिसभा पुनस्र्थापना नभएसम्म जनता सडकबाट फिर्ता नहुने बताएका छन् । 

खनालले भने, ‘जबसम्म प्रतिगमन सच्चिदैन, केपी ओलीले घुँडा टेक्दैनन् तबसम्म आन्दोलन रोकिँदैन, ओलीलाई जसरी पनि घुँडा टेकाएर छोड्छौँ ।’ 
उनले संसदको पुर्नस्थापनाको विकल्प नभएको पनि बताए । उनले नेपालका न्यायमूर्तिहरुले नेपालका जनताले के भन्दैछन् भनेर सुनिरहेको भन्दै निर्वाचन आयोग पनि हुकुमी शासनले नबनाएको बताए ।

‘यो निर्वाचन आयोग हुकुमी शासनले बनाएको होइन । यो त संविधानले बनाएको आयोग हो । यसले सविधान र विधान अनुसार निर्णय गर्छ’, खनालले भने । 


 

प्रतिक्रिया दिनुहोस