नेकपाको बृहत प्रदर्शन : भोलि काठमाडौंका १० ठाउँबाट जुलुश

कुन आर्कमा कसले नेतृत्व गर्ने ? (हेर्नुहोस सूचि सहित)

सफल खबर संवाददाता

विहीबार, ०८ माघ २०७७, ०९ : ४४
नेकपाको बृहत प्रदर्शन :  भोलि काठमाडौंका १० ठाउँबाट जुलुश

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले गरेको गमनको विरोधमा नेकपाले भोलि काठमाडौंमा बृहत विरोध प्रदर्शन आयोजना गर्ने भएको छ । विरोध प्रर्दशनमा करिब २ लाख मानिस उतार्ने गरी ब्यापक मात्रामा तयारी नेकपाले गरेको छ ।

राजधानीका १० ठाउँलाई जुलुस निकाल्ने आर्क तय गर्दै केन्द्रीय संर्घष समितिले जुलुसको नेतृत्व गर्ने नेताहरुको कार्यविभाजन समेत गरेको छ । सफलखबरलाई प्राप्त निर्देशिका अनुसार सबै जुलुसको संयोजन गर्दै एकीकृत जुलुस जोड्नका लागि फोकल पर्सनका रुपमा संर्घष समितिका सहसंयोजक योगेश भट्टराईलाई तोकिएको छ ।

जुलुस माइतीघर, डिल्लीबजार चारखाल, लैनचौर, त्रिपुरेश्वर, कुपन्डोल, प्रर्दशनीमार्ग, शान्तिवाटिका, त्रिचन्द्र कलेज, वाल्मिकी क्याम्पस लगायतका स्थानबाट निस्कने छन् । र ती सबै आर्कमा पार्टीका स्थायी समिति सदस्यले नै जुलुसको नेतृत्व गर्ने कार्यक्रम तय भएको छ ।

बिहान १० बजेर ४५ मिनेटमा आफ्नो संगठनलाई छुट्टाईएको आर्कमा जम्मा भई जुलुसमा सहभागिता जनाईदिन पनि अपिल गरेको छ । नेकपाको प्रचण्ड नेपाल पक्षले ओलीको प्रतिगमनका विरोधमा दोश्रो चरणको संर्घषका कार्यक्रम अन्तर्गत शुक्रबारको कार्यक्रमलाई उत्र्कषको कार्यक्रमका रुपमा ब्याख्या गरेका छन् । भोलिको बृहत विरोध प्रर्दशनपछि थप संर्घषका कार्यक्रम तय गरेर जाने तयारीमा पनि यो पक्ष रहेको छ ।

हेर्नुहोस निर्देशिका :


प्रतिक्रिया दिनुहोस