६० प्रतिशत मतदान सम्पन्न, ७० प्रतिशत पुग्ने अायोगको अनुमान

आइतबार, १० मंसिर २०७४, १६ : ५५
६० प्रतिशत मतदान सम्पन्न, ७० प्रतिशत पुग्ने अायोगको अनुमान

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि ३२ जिल्लामा आज भइरहेको निर्वाचनअन्तर्गत अपरान्ह ४ बजेसम्ममा ६० प्रतिशतभन्दा बढी मतदान भइसकेको निर्वाचन आयोगले जनाएको छ । ३२ जिल्लाका प्रतिनिधि सभाका ३७ र प्रदेश सभाका ७४ निर्वाचन क्षेत्रमा आज मतदान भइरहेको छ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारी अनुसार धेरै जिल्लामा मतदान प्रक्रिया अनितम चरणमा पुगिसकेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान कार्य बेलुका ५ बजेसम्म जारी रहनेछ। बेलुका ५ बजेभित्र मतदान केन्द्रहरुमा प्रवेश गरिसकेका मतदाताहरुले भने त्यसपछि पनि मतदान गर्न पाउनेछन् ।

आज ७० प्रतिशत मतदान हुने अनुमान आयोगले गरेको आयुक्त सुधीरकुमार शाहले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस