काठमाडौँ । जाडो मौसमको सुरुवातसँगै छालाको प्रकारमा पनि परिवर्तन हुन थाल्छ। यस बेलामा तैलीय छाला परिवर्तन भएर साधारणमा तथा साधारण छाला परिवर्तन भएर सुख्खा हुन्छ। यसरी बढी सुख्खा भए छाला फुस्रो देखिनुका साथै चाउरीपन देखा पर्छ । जसले गर्दा उमेर नपुग्दै बूढोजस्तो देखिन थालिन्छ। त्यसैले समयमै आफ्नो अनुहारको स्याहार गर्नुपर्छ। विशेष गरी जाडो महिनामा चिसो हावा, पानी कम पिउनु, फलफूल र हरियो सागसब्जी धेरै कम खानु वा खाँदै नखानु, अनुहारमा क्रिम लगाउन अल्छी मान्नु, फेसियल नगर्नु, छाता नओढी हिँड्नु आदि छाला बिग्रनुका प्रमुख कारण हुन्।
यसकारण जाडो मौसममा छालालाई सुरक्षित राख्न तथा अनुहारमा चमक ल्याउन आवश्यक उपाय अपनाउनुपर्छ। बदामको बोक्रालाई सुकाएर पिस्ने र त्यसमा एक एक चम्चा बेसार, बेसन, चिया दही तथा मह मिसाएर पेस्ट बनाई लगाउँदा अनुहारमा भएको चाउरीपन हट्नुका साथै चमक पैदा हुन्छ। गहुँको रोटीलाई उमालेकोे दूधमा भिजाएर लेप बनाउने र अनुहारमा लगाउने। १० मिनेटपछि चिसो पानी अथवा दूधले भिजाउने अनि ५ मिनेटजति मसाज गर्ने । त्यसपछि सफा पानीले पखाल्ने। सातामा एकपटक यो विधि अपनाउँदा छाला नरम एवं चम्किलो हुन्छ।
यदि छाला चाउरी परेको र सुख्खा छ भने पाकेको केराको गुदी सातामा २९३ पटक लगाउने वा त्यसले मसाज गर्ने। यसो गर्नाले अनुहारको छाला नरम हुनुका साथै चाउरी पर्न रोकिन्छ। तुलसीको पातको रस, दूध र घिउकुमारी मिसाएर दिनहुँ प्रयोग गर्नाले चायाँपोतो कम हुन्छ।
अनुहार घामले डढेको छ भने सुन्तलाको बोक्राको धूलो, बेसन तथा कागतीको रसलाई काँचो दूधमा मिसाएर पेस्ट बनाउने। सातामा दुईपटक अनुहारमा लगाएर १५९२० मिनेटसम्म राख्ने। यसो गर्नाले अनुहार सेतो हुन्छ।
हामी अनेक प्रकारका कस्मेटिक प्रयोग गर्छौं साथै छालाको ट्रिटमेन्ट पनि गराउँछौं। यी सबै किसिमका कस्मेटिकको राम्रो पहिचान भएन वा उचित तरिकाले प्रयोग गर्न सकिएन भने अनुहार कुरूप पनि हुन सक्छ। त्यसैले अनुहारका लागि छाला सुहाउँदो क्रिम प्रयोग गर्नुपर्छ। यसका लागि दक्ष ब्युटिसियनको सल्लाह लिन सकिन्छ। मेकअपका साथै खानपिनमा पनि त्यत्तिकै ध्यान पुर्याउनुपर्छ। सन्तुलित आहार खाने, पानी प्रशस्त पिउने, हरियो तरकारी, फलफूल, ताजा जुस, उम्रिएका गेडागुडी, दूध,दही एवं मोहीका साथै भिटामिन सी र भिटामिन ईयुक्त खानेकुरा बढी सेवन गर्दा छालालाई फाइदा पुग्छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०३ माघ २०७७, १२ : १३
लेखकबाट थप