मतपत्रमा हस्ताक्षर नगर्ने मतदान अधिकृत बर्खास्त

आइतबार, १० मंसिर २०७४, १६ : ४३
मतपत्रमा हस्ताक्षर नगर्ने मतदान अधिकृत बर्खास्त

लमजुङ । हस्ताक्षर नगरी मतपत्र मतदातालाई दिएको भन्दै लमजुङको एक मतदान केन्द्रका मतदान अधिकृत बर्खास्त भएका छन्।

हस्ताक्षर नगरी मतपत्र मतदातालाई दिएपछि मध्यनेपाल नगरपालिका, रामबजारको इशानेश्वरी मावि (ख) का मतदान अधिकृत कुमार न्यौपाने बर्खास्त भएका हुन्।

सो केन्द्रको जिम्मा सहायक मतदान अधिकृत सुमन थापामगरलाई दिइएको छ। अधिकृत न्यौपानेले हस्ताक्षर नगरी मतपत्र दिएपछि भएको विवादमा डेढ घन्टा मतदान प्रक्रिया अवरुद्ध बनेको थियो।

 

प्रतिक्रिया दिनुहोस