काठमाडौं । कृषि तथा पशुुपन्छी विकास मन्त्रालयले यसपालि धान रोपाइँको समयमा मलको अभाव हुन नदिने गरी अहिलेदेखि तयारी थालेको छ । प्रत्येक साल धान रोपाइँको समयमा मलको अभाव हुने गरेकामा यसपालिदेखि त्यस्तो हुन नदिने गरी तयारी भइरहेको कृषि सचिव डा. योगेन्द्र कार्कीले बताउनुुभयो ।
बुधबार मन्त्रालयमा सरोकारवालासँग भएको छलफलपछि पत्रकारसँग कुरा गर्दै सचिव कार्कीले धान रोपाइँको समयमा प्रयोग हुने मलका लागि अहिले नै बोलपत्र आह्वान गरी मल आयात गरेर भण्डारण गरी राख्ने तयारी भइरहेको छ ।
विगतमा धान रोपाइँ सुरु भएपछि रासायनिक मल आयात गर्न सुुरु हुन्थ्यो, त्यो मल आउँदाआउँदै रोपाइँ सकिन्थ्यो । त्यसो गर्दा मलको अभाव हुन्थ्यो । त्यो अभाव हुन नदिन अहिले नै २० हजार मेट्रिक टन युरिया मल ल्याउने बोलपत्र आह्वान भइसकेको छ अरू हुने तयारीमा छ ।
बङ्गलादेशबाट पनि फागुनको पहिलो हप्ता ५० हजार मेट्रिक टन मल आइपुुग्ने जनाउँदै सचिव डा। कार्कीले अहिले ६१ हजार मेट्रिक टन मल मौज्दात रहेको र ७० हजार मेट्रिक टन मल आउने क्रममा रहेको बताउनुभयो । रासायनिक मल बिक्री वितरणका लागि मन्त्रालयले निर्देशिका पनि जारी गरिसकेको छ ।
सोही निर्देशिकाबमोजिम प्रदेशदेखि स्थानीय तहसम्म बिक्री वितरण हुने उहाँले बताउनुुभयो । नेपालमा मलको अभाव कहिल्यै नभएको तर व्यवस्थित नहुँदा अभाव देखिएको उहाँले दाबी गर्नुभयो । गोरखापत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०१ माघ २०७७, ०८ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मलको अभाव हुँदा खेती गर्न समस्या
मलका लागि २७ अर्ब ९५ करोड रकम विनियोजन
सरकारी अनुदानको मल बाटोबाटै गायब भएपछि…