कांग्रेसका कार्यकर्ताद्धारा बुथ कब्जाको प्रयास

आइतबार, १० मंसिर २०७४, १६ : २५
कांग्रेसका  कार्यकर्ताद्धारा  बुथ कब्जाको प्रयास

कांग्रेसको कार्यकर्ताद्धारा दोलखा जिल्लाको तामाकोशी गाउँपालिकाको जफेमा रहेको जामुने मतदान केन्द्रको बुथ कब्जाको प्रयास भएको छ । नेविसंघका महामन्त्री कुन्दन काफ्ले नेतृत्वको बाहिरबाट आएको समूहले केन्द्रमा कब्जाको प्रयास गरेको बताइएको छ ।

मतदान केन्द्रनै कब्जा गर्ने प्रयास भएपछि तनाव सिर्जना भएपछि बुथको सुरक्षा लागि अहिले थप सुरक्षा फोर्स माग गरिएको प्रहरीले जनाएको छ ।

बुथ कब्जा गर्न आएको समूहले अहिले मतदान केन्द्र भन्दा माथिबाट ढुङगामुढा प्रहार गरेको जनाएको छ । उनीहरूले टाढाबाट गुलेलीले ढुङगा प्रहार गरिरहेकोले थप सुरक्षा माग गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस