ओलीको केन्द्रीय समितिको संख्या फेरि बढ्यो !

ओलीले केन्द्रीय समिति बढाएर ‘भेडीगोठ’ प्रवृत्ति अँगाले

सफल खबर संवाददाता

आइतबार, २६ पुस २०७७, ०९ : ०६
ओलीको केन्द्रीय समितिको संख्या फेरि बढ्यो !

काठमाडौँ । कुनै वेला माओवादी केन्द्रको जम्वो केन्द्रीय समितिलाई भेडीगोठ र वडाका नेता पनि केन्द्रीय सदस्य भनेर खिसिटिउरी गर्ने गरेका प्रधानमन्त्री केपी ओलीले अहिले त्यही भेडीगोठ प्रवृत्तिलाई अंगालेका छन् । अर्थात, ओलीले आफनो खेमाको केन्द्रीय समितिको संख्या थप गरेर २२५० सम्म पु¥याउने गरी विधान संशोधन गरेका छन् । अहिले केन्द्रीय समिति १५०१ जनाको रहने र त्यसमा थप १० प्रतिशत मनोनयन गरेर २२५० सम्म बनाउन सकिने गरी विद्यान संशोधन गरिएको छ ।

ओलीको चरम व्यक्तिवाद र गैह असंवैधानिक संसद विघटनपछि नेकपा दुईृ टुक्रामा विभाजन भएको छ । प्रचण्ड नेपाल पक्षमा मौजुदा केन्द्रीय समितिको झण्डै ७० प्रतिशत नेता खुलेपछि निक्कै कमजोर देखिएका ओलीले केन्द्रीय समिति थप गर्ने बाहनामा जिल्ला, गाउँ, नगरसम्मका पार्टी नेता कार्यकर्तालाई आफनो समूहतिरै अडाउने रणनीतिअन्तर्गत केन्द्रीय सदस्यको पद बाड्न थालेका छन् ।

ओलीले सानो संख्याको सचिवालयको बैठक समेत त राख्न नचाहनेले १५०१ सदस्यीय केन्द्रीय समितिको बैठक राख्ने, त्यहाँभित्र आन्तरिक जनवादको अभ्यास गर्न दिने भन्ने सम्भावना नै देखिदैन । जसकाकारण अहिले ओलीले बाँडेको केन्द्रीय सदस्यको पद अर्थ न बर्थको जस्तै भएको छ ।

‘विधान संशोधन सम्बन्धमा केन्द्रीय कमिटीको तेस्रो बैठकले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अन्तरिम विधान, २०७५ मा दोस्रो र तेस्रो संशोधन गरेको छ । यी संशोधनसँगै अब पार्टी केन्द्रीय कमिटीको सदस्य संख्या १५ सय एक सदस्यीय भएको छ,’ अध्यक्ष ओलीले आफनो खेमामा जारी गरेको आन्तरिक सर्कुलरको चौथो बुँदामा भनिएको छ, ‘रिक्त पदाधिकारीमा मनोनयन गर्ने अधिकार अध्यक्ष कमरेडलाई दिँदै उक्त मनोनयन केन्द्रीय कमिटीले अनुमोदन गरेपश्चात् कार्यान्वयनमा जाने प्रबन्ध गरिएको छ ।’

जिल्ला तहसम्मका कार्यकर्ता धमाधम ओलीको असम्वैधनिक कदमको विरोध गदै प्रचण्ड नेपाल समुहमा खुल्न थालेपछि त्यसलाई रोक्न ओलीले केन्द्रीय सदस्य पद वाढेर रोक्ने रणनीति अवलम्वन गरेका थिए । सिपाहीबिना नै सेनापति मात्र ओली समूहमा गएका रामबहादुर थापा बादललाई त्यसमध्ये ३ सय सदस्य दिने ओलीले बताएका छन् ।

सोही कारण अहिले बादलले आफनो भागमा परेको ३ सय केन्द्रीय सदस्यको खोजी गरिरहेका छन् । ओलीले राजनीतिमा कुनै योगदान नभएका युवाहरु भए पनि ल्याउनूस्, उनीहरुलाई प्रशिक्षित गरेर तयार पारौंला, ३ सय नेता ल्याउनूस् केन्द्रीय समितिमा भनेर बादललाई भनेका छन् ।
त्यही भएर अहिले बादल माओवादी केन्द्र र एमालेवीच एकता हुँदा निष्किय बसेका, राजनीति छोड्दै गएकाहरुलाई निरन्तर भेट गरेर आफनो पक्षमा तान्ने र महत्वाकांक्षा पालेर बसेकालाई पनि विभिन्न प्रलोभन देखाएर आफनो पक्षमा तानेर केन्द्रीय सदस्य बनाउने अभियानमा लागेका छन् ।

ओली पक्षले सत्ताको चरम दुरुपयोग गदै विभिन्न प्रलोभन दिएर अहिले अवसरको खोजी गरिरहेका गाउ तहसम्मकै नेता कार्यकर्तालाइृ केन्द्रीय सदस्यको पद वाडेर आफनो पक्षमा ल्याउन अभियान नै चलाएका छन् । ‘अहिलेलाइ जे पद माग्छन, त्यही दिनुस्, तर प्रचण्ड नेपालतिर जान नदिनूस्, भोलि देखा जाएगा’ ओलीले अहिले पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिदै भनेका छन् । सुरुमा ओली पक्षले केन्द्रीय समिति ११९९ सदस्यीय बनाउने निर्णय लिएको थियो । तर त्यो संख्यामा नेता कार्यकर्ता थेग्न नसक्ने र जसले पनि केन्द्रीय सदस्य माग्न थालेपछि केन्द्रीय समितिको संख्या थप गर्ने निर्णयमा ओली समूह पुगेको हो ।