प्रधानमन्त्री ओली तानाशाही व्यवस्था लागु गर्न उद्यत, संघर्षको मोर्चा बाक्लिदैं

सफल खबर संवाददाता

शनिबार, २५ पुस २०७७, १० : ४६
प्रधानमन्त्री ओली तानाशाही व्यवस्था लागु गर्न उद्यत, संघर्षको मोर्चा  बाक्लिदैं

काठमाडौँ । प्रधानमन्त्री खड्ग ओली विरोधीलाई जसरी पनि सक्ने रणनीतिका साथ  नेपालमा तानाशाही व्यवस्था लागू गर्न उद्यत् छन् । काँग्रेसले त्यसै भनेको होइन रहेछ । उनले आगामी वैशाखमा निर्वाचन घोषणा गरेका छन् । ओलीले निर्वाचन नगर्नका लागि मात्रै घोषणा गरेका हुन् । किनकी हुदा खाँदाको दुई तिहाई जनमतलाई ध्वंश बनाएर कोही कसैले पनि निर्वाचन घोषणा गर्दैन ।

यो राजनीतिक बहुलट्ठीलाई नेपाली जनताले शतप्रतिशत रुपमा अस्वीकार गरिदिएका छन् । किनकी ओली गुटका एकाध कार्यकर्ता बाहेक अधिकाशंले ओली तानाशाही बाटोमा अग्रसर भएको तथ्यलाई स्वीकार गर्दै विरोधमा उत्रिएका छन् । उनीहरुले संविधानको रक्षाका लागि जनसंघर्षको विकल्प नभएको बताएका छन् । संविधानसभाका तत्कालिन अध्यक्ष भएका सुवास नेम्वाङको  चरित्र पनि सार्वजनिक भएको छ । खड्ग ओलीलाई अनाव्श्यक हर्कत गर्न उक्साउने मध्येका एक पात्र हुन नेम्वाङ । बाहिर बाहिर मिठा र चिल्ला कुरा गर्ने नेम्वाङको खराब चरित्रका कारण पनि ओलीले संविधान माथि ज्यादती गर्न सफल भएका हुन् ।

नहुने कुरालाई हुँदैन नभन्ने, ओलीका अगाडि गरुडको छाँयामा सर्प परे जस्तै हुने नेम्वाङले दिएको गलत सल्लाहका कारण नै नेपाली जनताले लडेर स्थापना गरेको गणतन्त्रमाथि कालो बादल मडारिएको हो । न त गणतन्त्रको आन्दोलनमा ओली सहभागी थिए , न त उनको बलिदान नै थियो । माओवादीले लडेर ल्याइदिएको गणतन्त्रको रसास्वादन गरेर बसेका खड्ग ओलीको गलत कदमलाई नेम्वाङले गलत भन्न नसक्नु पनि उनको द्धैध चरित्र नै रहेको आम मानिसको बुझाइ छ । संघीय संसदमा ओली विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको समयलाई फेरबदल गर्न नेम्वाङले संघीय संसदका महासचिव भरतराज गौतमलाई दिएको दबाव पनि त्यसैको परिणती हो । उनले गौतमलाई जागिर खाइदिन्छु भन्दै धम्क्याएको विषय पनि सार्वजनिक भएको छ । 

पछिल्ला दिनमा ओलीले आफना सहयोद्धालाई श्रद्धान्जली दिन समेत भ्याइसकेका छन् । मदन भण्डारीको रहस्यमय हत्यापछि ओलीले देखाएको व्यवहार र चरित्रले पनि उनले पार्टी भित्र र बाहिरका आलोचकलाई त्यसैगरी सिध्याउन खोजेका थिए । कहिले भ्रष्टाचारीको बिल्ला लगाएर त कहिले अनेकन अन्य आरोप लगाएर । पछिल्लो पटक त उनले प्रचण्ड र माधव नेपाललाई श्रद्धान्जली नै दिएका छन् । ओलीले ज्यूदा नेतालाई श्रद्धान्जली दिएर उनी मानसिक रुपमा समेत बिरामी रहेको पुष्टि गरेका छन् । मानसिक रोगीलाई पाटन लगेर उपचार गराउँदा ठिक होला भन्दै सामाजिक सञ्जालमा ओलीको विरोध भइरहेको छ । ओली विरुद्ध क्रमशः जनमत बन्दै गएको छ । ओली विरुद्धको जनमत विगतमा ज्ञानेन्द्र विरुद्ध बन्दै गएको जनमत जस्तै बन्दै गएको छ ।

विगतमा ज्ञानेन्द्र विरुद्ध पनि क्रमशः आम नेपाली जनता सडकमा उत्रिएका थिए । पछिल्ला दिनमा ओली विरुद्ध पनि जनसंघर्षको मार्ग प्रशस्त बन्दै गएको छ । त्यसले ओलीलाई इतिहासको गर्तमा लगेर मिल्काइदिने राजनीतिक विश्लेषकहरुको टिप्पणी छ । सर्वोच्च अदालतले संसद पुनः स्थापना गरिदिएको दिन ओली र उनको गुटमा लागेकाहरले उपियाले छाडे जसरी नै छाड्नेमा कुनै दुविधा छैन् । त्यसबेला ओली र उनका आसेपासेहरु गोकूल बाँस्कोटा र महेश बस्नेतहरु झोली तुम्मा बोकेर फर्कनेछन् । किनकी ओलीका अघिपछि रहेका विष्णु रिमाल र सुर्य थापाहरु क्रमशः कारवाहीको भागिदार हुनेछन् । 

खड्ग ओली विरुद्धको संघर्षमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस पनि बाध्यताले भएपनि उत्रिएको छ । यस्तै, नागरिक समाज, कवि कलाकार तथा सरोकारवाला सबै आन्दोलनमा उत्रिएका छन् । सबै वर्ग तथा समुदाय आन्दोलनमा उत्रिएपछि ओलीको सर्वनाश निश्चितप्राय नै भएको छ । किनकी, जनता विरुद्ध लाग्ने कोही कसैले पनि शक्तिमा रहीरहेको इतिहास संसारभर नै छैन । अमेरिकामा त डोनाल्ड ट्रम्पहरु समेत गलहत्याइने अवस्थामा पुगेका छन् । ओली न नेपाली जनताका लागि खासै ठूलो दुश्मन नभएको राजनीतिक विश्लेषकहरुको टिप्पणी छ । किनकी उनी एकाध झट्कामा नै फालिनेछन् ।

प्रतिक्रिया दिनुहोस