प्रधानमन्त्री ओलीद्वारा संवैधानिक निकायका पदाधिकारीलाई धम्क्याउँदै आफ्नो पक्षमा निर्णय गर्न दबाब

ओलीको आडमा अख्तियारमा नियुक्ती नै नपाएका व्यक्तिद्धारा चलखेल

सफल खबर संवाददाता

शनिबार, २५ पुस २०७७, ०८ : २८
प्रधानमन्त्री ओलीद्वारा संवैधानिक निकायका पदाधिकारीलाई धम्क्याउँदै आफ्नो पक्षमा निर्णय गर्न दबाब

काठमाडाौँ । असंवैधानिक रुपमा प्रतिनिधीसभा विघटन गरेका प्रधानमन्त्री केपी ओलीले संवैधानिक निकायहरुमा धम्क्याउदैं  आफ्नो पक्षमा निर्णय गर्न दबाब दिने गरेका छन् । रिक्त रहेका संवैधानिक निकायमा हालै आफु निकट मान्छे भर्ती गरेका उनले ति निकायलाई  प्रभावित पार्न विभिन्न हत्कण्डा अपनाउने गरेको श्रोतको दाबी छ । प्रधानमन्त्री ओलीले निर्वाचन आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई धम्क्याएर आफनो पक्षमा निर्णय गर्न दबाव दिएको पाइएको छ ।  

ओलीले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई आफनो निर्वाचन चिन्ह सूर्य र पार्टीको नाम अर्को पक्षलाई दिए राम्रो नहुने भन्दै पटक पटक धम्क्याएको स्रोतको दावी छ । ‘मैले सचिव हुँदा नै तिमीलाई प्रमुख आयुक्त बनाएको हुँ, मेरो पक्षमा निर्णय भएन भने तिम्रो पनि खैरियत छैन भन्दै बालुवाटारमा बोलाएर धम्क्याएका थिए । कानून, विधि अनुसार निर्णय गर्दा ओली पक्षले न त निर्वाचन चिन्ह पाउने अवस्था छ, न त पार्टीको नाम नै । सोही भएर उनले पटक पटक प्रमुख थपलियालाई   धम्क्याएर आफनो पक्षमा निर्णय गर्न दबाब दिईरहेको स्रोतको दावी छ ।  

बालुवाटारमा ओली र प्रमुख निर्वाचन आयुक्त थपलियाको सम्वाद सुनेका ओलीका एक सल्लाहकारका अनुसार जसरी भएपनि मेरो पक्षमा निर्णय गर, होइन भने तिमीलाई समेत राम्रो हुँदैन भनेर प्रधानमन्त्रीले जोड दिएरै भन्नुभएको छ । त्यसकारण सूर्य चिन्ह र पार्टीको नाम अब हामीले नै पाउने अवस्थाको सिर्जना भएको छ । 

बालुवाटारमा ओली र प्रमुख निर्वाचन आयुक्त थपलियाको सम्वाद सुनेका ओलीका एक सल्लाहकारका अनुसार जसरी भएपनि मेरो पक्षमा निर्णय गर, होइन भने तिमीलाई समेत राम्रो हुँदैन भनेर प्रधानमन्त्रीले जोड दिएरै भन्नुभएको छ । त्यसकारण सूर्य चिन्ह र पार्टीको नाम अब हामीले नै पाउने अवस्थाको सिर्जना भएको छ । 

ओलीले पार्टीको नाम र चुनाव चिन्ह नपाएपछि उनीहरुको हैसियत आरके मैनालीको भाषामा सिपीको माले भन्दा ठूलो नहुने अवस्था छ । साविकको ४४१  केन्द्रीय सदस्य मध्ये प्रचण्ड माधवकुमार नेपालले नेतृत्व गरेको संसथापन नेकपामा ३१५ जना केन्द्रीय सदस्य रहेका छन् । पार्टीको आधिकारिता माधव नेपाल र प्रचण्डले नेतृत्व गरेको पार्टीले पाउने भएपछि ओलीको विभिन्न हत्कण्डा अपनाउन थालेका छन् । सोही तथ्य थाहा पाएका ओलीले प्रमुख निर्वाचन आयुक्तलाई धम्क्याउन थालेको स्रोतको दावी छ । 

यस्तै, ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रमुख आयुक्त डा. गणेशराज जोशीलाई समेत माओवादी कोटामा जागिर खाने, मेरो विरुद्ध लाग्ने भन्दै धम्क्याएका छन् । ओलीले माओवादीका नेतालाई भ्रष्टाचारीको आरोपमा पक्राउ गर्न दबाव दिएका थिए । प्रमाण नै नपुगी कोही कसैलाई पनि पक्राउ गर्न नसकिने जवाफ आएपछि ओलीले डा. जोशीलाई समेत एकाध महिना जागिर भएकाहरुले फुई नलगाए हुन्छ भन्दै धम्क्याएको स्रोतको दावी छ ।

यस्तै, प्रमुख आयुक्तमा नियुक्ती नै नभई ओलीका खास मान्छे भनिएका प्रेम राईले अख्तियारका केही कर्मचारीलाई बोलाएर छलफल गर्न थालेका छन् । अब मैले प्रधानमन्त्री ओलीको योजनालाई कार्यान्वयन गर्नुपर्छ । जसरी भएपनि उनलाई सफल बनाउनु छ भन्दै राईले अब नियमित रुपमा आफूलाई जानकारी दिन अख्तियारका कर्मचारीलाई निर्देशन नै दिएको उनी निकटस्थहरुले बताउन थालेका छन् । ओलीले आफूलाई महत्वपूर्ण जिम्मेवारी दिएकाले त्यसलाई कार्यान्वयन गर्नु आफनो कर्तव्य भएको भन्दै केही फाइल आफूकहाँ ल्याउन भनेको पनि श्रोतले दाबी गरेको छ । 

नेपाल आयल निगमको जग्गा खरिदमा झण्डै रु एक अर्ब बराबरको भ्रष्टाचार गरेका राईलाई सो फाइल तामेलीमा राख्न लगाएर प्रमुख आयुक्तमा नियुक्ति गरिएको हो । आफना विरोधीलाई ठेगान लगाउने ध्येयका साथ ओलीले राईलाई प्रमुख आयुक्त बनाएको तथ्य समेत कोही कसैबाट छिपेको छैन । सो विषयमा बुझन् पटक पटक राईलाई सम्पर्क गर्दा उनी सम्पर्कमा आएनन् ।

प्रतिक्रिया दिनुहोस