चर्चभित्र जबर्जस्ती बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

आइतबार, १० मंसिर २०७४, १६ : ०९
चर्चभित्र जबर्जस्ती बलात्कार गरेको आरोपमा एक  युवक पक्राउ

बुढानीलकण्ठको चर्चभित्र बलात्कारको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त महाराजगंजले बुढानीलकण्ठ ८ भंगाल बस्ने नुवाकोटको थोपरेक–२ का २२ वर्षीय परिक्षण विकलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार विकले शनिबार हात्तीगौंडास्थित चर्चमा गएकी १६ वर्षीया युवतीको बलात्कार गरेका थिए। शौचालयमा लगेर बलात्कार गरेको पीडित युवतीले बताएकी छिन्।

पक्राउ परेका युवकले भने सहमतिमै सम्बन्ध राखेको बताएका छन्।

युवकलाई शनिबार नै पक्राउ गरी जबर्जस्ती करणी मुद्दामा कारबाही अघि बढाइएको महाराजगंज वृत्तका प्रहरी नायव उपरीक्षक योगेन्द्रसिंह थापाले बताए।

प्रतिक्रिया दिनुहोस