भक्तपुरमा रग्वी रंगशाला बन्दै

सफल खबर संवाददाता

विहीबार, २३ पुस २०७७, १६ : ११
भक्तपुरमा रग्वी रंगशाला बन्दै

सांकेतिक तस्विर

भक्तपुर । दुई अर्ब ४० करोड रुपैयाँको लागतमा भक्तपुरको चाँगुनारायण नगरपालिका–७ स्थित भँगेरी डाँडामा अन्तर्राष्ट्रिय रग्बी रंगशाला निर्माण कार्य धमाधम भइरहेको छ । 

बहुद्देश्यीय अन्तर्राष्ट्रिय रग्बी मैदानको अवधारणा सहित निर्माण थालिकएको योजना अन्तर्गत अहिले जमिन सम्याउने काम भइरहेको छ । रंगशाला निर्माणका लागि स्थानीय, प्रदेश र संघीय सरकारको बजेटमा निर्माण कार्य भइरहेको हो ।

४० हजार दर्शक क्षमता रहने उक्त खेल मैदान निर्माणको पहिलो चरणको डिपिआरको काम सम्पन्न भई नगरपालिको बजेटमा हाल निर्माण कार्य अगाडि बढाइएको हो ।

स्थानीय र सरकारी तवरबाट भइरहेको कामबारे संघसँग सल्लाह भएको र हस्तानतरण गर्ने विषयमा छलफल भइरहेको नेपाल रग्बी संघले जनाएको छ । पाँच वर्षभित्रमा निर्माण सम्पन्न गरिसक्ने योजनाका साथ काम भइरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस