दुइजना टेलर व्यवसायी बिच हानाहान हुँदा एकयुवकको ज्यान गयो

सफल खबर संवाददाता

बुधबार, २२ पुस २०७७, ०९ : ००
दुइजना टेलर व्यवसायी बिच हानाहान हुँदा एकयुवकको ज्यान गयो

प्रतिकात्मक तस्विर

काठमाडौँ । काठमाडौँको बालाजुमा दुईपक्ष बिच भएकोे झगडाको क्रममा एकजना युवकको हत्या भएको छ । बालाजु स्थित बाइपासमा टेलर व्यवसायी (लुगा सिउने) बिच भएको झगडामा २३ वर्षका कलाम मियाँको ज्यान गएको प्रहरीले जनाएको छ ।

झगडा गएराति ९ बजेतिर दुवै जना बिच भएको र सोही क्रममा हानाहान हुँदा मियाँको ज्यान गएको स्थानियको भनाइ छ । अर्का टेलर व्यवसायी अन्दाजी २३ वर्षका सुबोध शर्माले कपडा काट्ने कैँचीले मियाँको कोखामा प्रहार गरेका थिए ।

गम्भीर घाइते भएका मियाँलाई उपचारका लागि अस्पताल लगिएको भए पनि राति साढे १० बजे निधन भएको हो । दुईबिच ग्राहकको विषयलाई लिएर विवाद भएको बताइएको छ । उनीहरुबिच सोही विषयमा लामो समयदेखि रिसइबी थियो । 

घटनापछि भागेका शर्मालाई प्रहरीले बुधबार बिहान फर्पिङ्गबाट पक्राउ गरेको छ । मृत्यु हुने मियाँ र आक्रमण गर्ने शर्मा दुवै भारतको मोतिहारीका बासिन्दा हुन् ।
 

प्रतिक्रिया दिनुहोस