बारा। कारको ठक्करबाट पाटे बाघको मृत्यु भएको छ । हेटौंडाबाट सर्लाही जाँदै गरेको बा १६ च ८११ नम्बरको कारले बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ आधारभार जंगल क्षेत्रमा ठक्कर दिएपछी एउटा बाघको मृत्यु भएको हो ।
बाटो क्रस गर्दै गरेको बाघलाई आज बिहान ७ः२० मा कारले ठक्कर दिएको बारा प्रहरीले जनाएको छ । कार चालक सर्लाहीका ५० वर्षीय अजय मिश्र र बाघलाई प्रहरीले राष्ट्रिय निकुञ्जको जिम्मा लगाएको छ ।
पाटेबाघ नेपालको संरक्षित वन्यजन्तुमध्ये एक हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ पुस २०७७, १० : ५०
लेखकबाट थप