काठमाडौं । नेपाल विश्व सहयोग संघ (एनएजिसि) संस्थाको नेपाल शाखाको सक्रियतामा नेत्रहीन विद्यार्थीहरुका लागि रु एक लाख सहयोग प्रदान गरेको छ ।
कोरोना महामारीले विश्व नै आक्रान्त भएको बेला बिपन्न र अशक्त व्यक्तिहरुको पीडा हृदयविदारक भएको भन्दै पोखरामा सेवारत फाउन्डेसन ‘फर नेप्लिज ब्लाइन्ड स्टुडेन्ट’ मार्फत सहयोग गरेको हो । सो रकम नेत्रहीन विध्यार्थीहरुको राहतको लागि भर्चुअल जूम मिटिङ मार्फत एक बिशेष समारोहमा प्रदान गरियो ।
कार्यक्रममा प्रमुख अतिथी गण्डकी प्रदेश सांसद प्रकाश चन्द्र दबाडीले दुबै संस्थाहरुको खुलेर प्रशंसा गर्दै आफू लामो समयसम्म जापानमा बसोबास गर्ने क्रममा नेत्रहीन विद्यार्थीवारे लामो अनुभव बटुलेको अनुभव सुनाए । उनले नेत्रहीन प्रतिआफ्नो भावनात्मक सम्बन्ध रहेको उल्लेख गर्दै राज्य स्तरबाट हुन सक्ने कुनै पनि सहयोग गर्न तत्पर रहेको प्रतिवद्धता प्रकट गरे ।
बिशिष्ट अतिथी महावाणिज्यदूत ऋृषि ढकालले अशक्तहरुको लागि आफूले समेत सहकार्य गर्दै आएको र यस्ता प्रकारका पारस्परिक सहयोग हुनु अत्यन्त फलदायी रहेको बताउदैं आफूले सकेको सहयोग गर्न तयार रहेको उल्लेख गरे । त्यसै पिडिजी राजेन थापाले आफू दार्जिलिङमा अध्यापनमा रहँदा नेत्रहीनहरुलाई समेत पढाउन पाएको स्मरण गर्दै एफ एन बि एस् लाई लायन्स मार्फत सहयोग जुटाउने प्रयास गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ पुस २०७७, ०९ : ५०
लेखकबाट थप