चुनावको तयारी भन्दै विप्लव शैलीमा प्रधानमन्त्री ओलीका सल्लाहकारको चन्दा आतंक

सफल खबर संवाददाता

शनिबार, १८ पुस २०७७, ०९ : १०
चुनावको तयारी भन्दै विप्लव शैलीमा प्रधानमन्त्री ओलीका सल्लाहकारको चन्दा आतंक

काठमाडौं । खड्ग ओलीले असंवैधानिक तरिकाले प्रतनिधिसभा विघटन गरेपछि देशभर नै ओली गुटका कार्यकर्ताले निर्वाचनको तयारीका लागि भन्दै व्यापारी धम्क्याउन थालेका छन् । उनीहरुले सबै व्यापारी तथा व्यवसायीलाई धम्की दिँदै फोन गर्ने, पैसा लिएर आउन भन्ने, नदिए विप्लब समूहलाई जस्तै अनेकन आरोप लगाएर थुन्ने धम्की दिन थालेका छन् ।

निर्वाचनको तयारी गर्नुपर्ने भएकाले आर्थिक सहयोग गर्नभन्दै खड्ग ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले सबै जसो बैंक तथा वित्तीइ संस्थाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतलाई फोन गरेर धम्क्याउन थालेका छन् । निर्वाचन घोषणा भइसक्यो, अब जसरी भएपनि पैसा दिनप¥यो, सहयोग गर्नुप¥यो भन्दै दैनिक जसो नै फोन गर्ने गरिएको छ । 

म बहालवाला प्रधानमन्त्रीको सल्लाहकार बोलेको । तपाईहरुले कागज मिलाएर झण्डै पाँच करोड जति सहयोग गर्नुप¥यो, यो प्रधानमन्त्रीको आदेश हो । उनले पैसा लिन मनोज नामका मान्छे आउने समेत बताए । रिमालले मनोज भनेको मान्छे, उनै मनोजराज पाण्डे हुन । जसले सिंहदरबार भित्रै विप्लव शैलीमा चन्दा उठाएका थिए ।  यस्तै, पछिल्ला दिनमा ओलीको सबै कदमलाई निःशर्त स्वीकार गरेको नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश मोरलाई समेत बाुलवाटारबाट फोन गरेर पैसा मागेको भन्दै राष्ट्रपति कार्यालयमा समेत गुनासो पुगेको छ । 

बालुवाटारको अन्नोन नम्बरबाट फोन गरेर रिमालले विनोद चौधरीको लगानी रहेको नबिल बैंकका एक कर्मचारीलाई फोन गरेका थिए । अवस्था कस्तो थियो भने सो बैंकका कर्मचारीको उच्चस्तरीय बैठक चलीरहेको थियो । सोही बेला ज्ञवाली थरका एक उच्चस्तरीय कर्मचारीको मोबाइलमा फोन गरिएको थियो । फोनमा म विष्णु रिमाल बोलेको भन्ने आवाज आयो । साथमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह पनि थिए । उनले फोन लाउड स्पिकर बनाए । रिमालले ती कर्मचारीलाई भने, सरकारले निर्वाचन घोषणा गरेको छ । 

म बहालवाला प्रधानमन्त्रीको सल्लाहकार बोलेको । तपाईहरुले कागज मिलाएर झण्डै पाँच करोड जति सहयोग गर्नुप¥यो, यो प्रधानमन्त्रीको आदेश हो । उनले पैसा लिन मनोज नामका मान्छे आउने समेत बताए । रिमालले मनोज भनेको मान्छे, उनै मनोजराज पाण्डे हुन । जसले सिंहदरबार भित्रै विप्लव शैलीमा चन्दा उठाएका थिए ।  यस्तै, पछिल्ला दिनमा ओलीको सबै कदमलाई निःशर्त स्वीकार गरेको नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश मोरलाई समेत बाुलवाटारबाट फोन गरेर पैसा मागेको भन्दै राष्ट्रपति कार्यालयमा समेत गुनासो पुगेको छ । 

नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीलाई समेत फोन गरेर निर्वाचनका लागि पैसा उठाउन थालिएको बताइएको छ । जे जसरी हुन्छ, पैसा जोहो गर्ने सोचका साथ लगातार फोन आउन थालेपछि व्यापारीले समेत फोन नम्बर परिवर्तन गर्न थालेका छन् । ओलीले सनकको भरमा घोषणा गरेको निर्वाचन आगामी वैशाखमा हुने कुनै पनि अवस्था छैन् । पैसाको बेलमा संवैधानिक निकाय तथा नेता तथा कार्यकर्ता किन्ने तयारीमा रहेको बालुवाटारले निर्वाचन भन्दै पहिलो चरणमा झण्डै ५ अर्ब जति जोगाड गर्ने निष्कर्षमा पुगेको छ । 

यस्तै, भौतिक पूर्वाधारका आयोजनाको बजेट समेत कटौती गर्न थालिएको छ । यस्तै केही दिनमा भन्सारबाट जे जति भएपनि सवारी साधन ल्याउन दिने तयारी गरिएको छ । महंगा सवारी साधनमा लागेको आयातको प्रतिबन्ध केही समय अगाडि नै खुलाइएको छ । उता दूरसञ्चार सेवा प्रदायक एनसेललाई समेत निर्वाचनमा सहयोग गर्न भन्दै पैसा मागिएको छ । बहुराष्ट्रिय कम्पनीका रुपमा रहेको कोकाकोला तथा पेप्सीलाई समेत निर्वाचन भन्दै ओलीको तर्फबाट भनेर पैसा मागिएको छ । अर्थ मन्त्रालयबाट भ्याट वा अन्य सबै प्रकारको कर छुट गरिदिने भन्दै केही व्यापारीलाई खड्ग ओलीको परराष्ट्र सल्लाहकार राजन भट्टराईले फोन गर्ने गरेका छन् भने केहीलाई सूर्य थापाहरुले फोन गर्ने गरेका छन् । 

पहिला पहिला राजनीतिक पार्टी, टोलका टोले गुण्डाले थर्काएर पैसा माग्थे, अहिले त प्रधानमन्त्री निबासबाट नै फोन गरेर थर्काउने गरिएको एक व्यापारीले जानकारी दिए । नाम नलेख्ने शर्तमा ती व्यापारीले भने अब राज्य भन्ने नै नहरेपछि अब के बाँकी रह््यो र ? घर झगडामा कानून मिचेर आफै संविधान विपरित गएर निर्वाचन घोषणा गर्ने, अनि मनलाग्दी तवरले पैसा माग्ने प्रवृत्तिले राज्य कता जाँदैछ भन्ने देखाएको उनले बताए । नेपाल बैंकर्स संघका एक पदाधिकारीले आफूहरुलाई पनि निर्वाचन तयारी भन्दै प्रधानमन्त्रीको नाम लिएर फोन आएको स्वीकार गरे । ती पदाधिकारीका अनुसार न्यूनतम दुई करोड र अधिकतम पाँच करोडसम्म पैसा मागिएको छ । पार्टी फुटेको छ, कार्यकर्ता व्यवस्थापन गर्नुछ, चुनावको तयारी पनि गर्नुछ भन्दै पसा मागिएको छ । 

तपाईहरुले व्यापारी तथा व्यवसायीलाई धम्क्याएर पैसा मागेको हो भन्ने जिज्ञासा राखेर प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललाई फोन गर्दा उनी सम्पर्कमा आउन चाहेनन् । उनले फोनमा पटक पटक प्रयास गर्दा पनि उनले फोन उठाएनन् । प्रेस सल्लाहकार सूर्य थापाले भने फोन उठाए । तर आफू व्यस्त रहेको भन्दै कुरा गर्न मानेनन् । (जनआव्हान साप्ताहिकबाट)

प्रतिक्रिया दिनुहोस