जसपा र नेकपा एकीकृत मार्क्सवादीबीच एकता

सफल खबर संवाददाता

शुक्रबार, १७ पुस २०७७, १८ : ०२
जसपा र नेकपा एकीकृत मार्क्सवादीबीच एकता

फाइल तस्विर

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल र नेपाल कम्युनिष्ट पार्टी एकीकृत मार्क्सवादी पार्टीबीच एकता घोषणा भएको छ ।

शुक्रबार दुवै पार्टीका शिर्ष नेताहरुको उपस्थितिमा ललितपुरमा एक कार्यक्रम आयोजना गरी दुई पार्टीबीच एकता घोषणा गरिएको हो । एकता घोषणा कार्यक्रममा बोल्दै नेताहरुले नेपालमा लामो समयदेखि चलिआएको लोकतान्त्रिक आन्दोलनमा श्रमजिवि जनता र उत्पीडित, राष्ट्रियता, महिला र शिल्पी समुदायको मुक्ति आन्दोलनलाई एकताले शक्ति प्रदान गर्ने बताएका छन् । 

कार्यक्रममा बोल्दै जसपा अध्यक्ष महन्थ ठाकुरले देशमा भइरहेका विभिन्न विभेदको अन्त्य गर्न र राज्यको सबै निकायहरुमा समान प्रतिनिधित्व गराउन जसपाले संघर्ष गरिरहेको बताए ।

जनता समाजवादी पार्टी, नेपालका बरिष्ठ नेता राजेन्द्र महतोले देशमा जुन राजनीतिक प्रणाली आएपनि पछि पारिएका समुदायले शासनमा आफ्नो अनुभुति पाउन नसकेका कारण विकल्पमा जसपा चाहिएको बताए ।

जनता समाजवादी पार्टी, नेपालले देशमा राजनीतिक विकल्प दिनको निम्ति विभिन्न संघ संगठन तथा पार्टीलाई एकिकृत गर्ने अभियान जारी राख्ने पनि नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस