राजतन्त्र पुनःस्थापनाको माग राख्दै राप्रपाले निकाल्यो प्रदर्शन

सफल खबर संवाददाता

शुक्रबार, १७ पुस २०७७, १५ : २७
राजतन्त्र पुनःस्थापनाको माग राख्दै राप्रपाले निकाल्यो प्रदर्शन

काठमाडौँ । हिन्दुराष्ट्र र राजतन्त्र पुनःस्थापनासहितका माग राख्दै राप्रपाले आज काठमाडौँमा प्रदर्शन गरेको छ । काठमाडौंका विभिन्न स्थानबाट राप्रपाले प्रदर्शन गरेको थियो । प्रदर्शन भद्रकाली, सहिदगेट, महाँकाल हुँदै रत्नपार्कमा पुगेर सभामा परिणत भएको थियो । 

विरोध जुलुसमा राप्रपाका अध्यक्षत्रय पशुपति शमशेर राणा, डा प्रकाशचन्द्र लोहनी र कमल थापाको पनि उपस्थिति छ । राप्रपाले हिन्दुराष्ट्र र राजतन्त्रको पुनःस्थापनासहित भ्रष्टाचार, धर्म परिवर्तन, कोरोना महामारी नियन्त्रण, बेरोजगारी समस्यालगायतका विषयको समाधान गर्न सरकारलाई दवाव दिँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस