भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदाहरुलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नको लागि सम्पदा पदयात्रा गरेको छ ।
मध्यपुर थिमि नगरपालिकाले आफ्नो नगरपालिका क्षेत्र भित्रका ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक महत्वका सम्पदाहरुलाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास तथा प्रचार प्रसार गर्न शुक्रबार सम्पदा पदयात्रा गरेको हो । पदयात्रा मध्यपुर थिमिको सम्पदाचोकदेखि शुरु भई बोडेमा पुगेर समापन भएको छ ।
सम्पदा पदयात्रामा नयाँ निर्माण भएका तथा पुनः निर्माण भएका सम्पदाहरुलाई अवलोकन गरिएको थियो । मध्यपुर थिमिभित्रका पाटी, पौवा, पोखरी, मन्दिर पार्क तथा ढुंगेधाराको अवलोकन गर्दै थिमिलाई पर्यटकीय गन्तव्यको रुपमा विकास भयो भन्ने सन्देश प्रवाह गर्न सम्पदा पदयात्रा गरिएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताए ।
पदयात्रामा स्थानीय जनप्रतिनिधी तथा सर्वसाधारण, पर्यटन बोर्ड, पर्यटक पथप्रदर्शक तथा ट्राभल एजेन्सीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सम्पदा पदयात्राले देशको प्रमुख पर्यटकीय गन्तव्य मध्येको मध्यपुर थिमि खुल्ला रहेको सन्देश दिएको पनि नगरप्रमुख श्रेष्ठले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ पुस २०७७, १३ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गोरखाबाट एकीकरण पदयात्रामा निस्कियो नेपाली सेनाको टोली
दसैँमा पदयात्रामा जाँदै हुनुहुन्छ? यसरी गर्नुस् तयारी
पदयात्रामा मौसमको चुनौती