प्रधानमन्त्री ओलीको नयाँ फर्मूला : ३६ देशका नेपालीसँग एकैपटक सम्वाद

सफल खबर संवाददाता

शुक्रबार, १७ पुस २०७७, ०९ : २६
प्रधानमन्त्री ओलीको नयाँ फर्मूला : ३६ देशका नेपालीसँग एकैपटक सम्वाद

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नयाँ नयाँ फन्डा र प्रयोग गर्न माहिर छन् । नेकपा विभाजन गदै संसद समेत विघटन गरेको आरोप खेपिरहेका ओलीले आफ्नो कदमको चौतर्फी आलोचना हुन थालेपछि त्यसको बचाउका लागि अनेकौ फन्डा प्रयोग गरिरहेका छन् ।

खासगरी विदेशमा रहेका नेपालीहरुले ओलीको कदम असम्वैधानिक र अहंमवादी भएको भन्दै निक्कै आलोचना गर्न थालेपछि उनले विदेशमा रहेका नेपालीका बीचमा आफ्नो बचाउका लागि एकैपटक भर्चुअल प्रविधिको प्रयोग मार्फत सम्बोधन गर्ने तयारी गरेका छन् । 

त्यसका लागि उनले अग्रेजी नयाँ वर्ष २०२१ लाई पनि अवसरको सदुपयोग गर्ने कोसिस गरेका छन् । विदेशमा रहेका नेपालीलाई २०२१ को शुभकामना पनि दिने र आफ्नो कदमको बचाउ समेत गर्ने गरी उनले ‘पशुपतिको जात्रा सिद्राको ब्यापार’ को नीति अवलम्बन गर्न खोजेका छन् ।

बालुवाटार स्रोतका अनुसार ओलीले अहिले बिहान साढे ११ बजे जुममार्फत ३६ ओटा देशमा रहेका करिव ५ सय प्रतिनिधी नेपालीहरुलाई सम्बोधन गर्ने कार्यक्रम राखेका छन् । त्यसको तयारी अहिले बालुवाटारमा हुदैंछ । 

वर्तमान राजनीतिक घटनाक्रमका बारेमा ३६ देशमा रहेका ५०० भन्दा बढी नेपालीहरुसँग एकैपटक भर्चुअल संवाद गर्ने गरी त्यसको तयारी भईरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस