मतपेटिकामा अचानक आगो लाग्यो : नन्दलाल महतो

आइतबार, १० मंसिर २०७४, १५ : २५
मतपेटिकामा अचानक आगो  लाग्यो  :  नन्दलाल महतो

रुकुम पश्चिममा रहेको एक मतदान केन्द्रमा मतदान भइरहेको अवस्थामा मतपेटिकामा आगो लागेको छ।

रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका-५ मा स्थित रत्न आधारभूत मावि मतदान केन्द्रमा सो घटना भएको हो।

२ सय ५० मत खसिसकेको अवस्थामा मतपेटिकामा अचानक आगो लागेको जिल्ला निर्वाचन कार्यालयका अधिकृत नन्दलाल महतोले जानकारी दिए।

घटनास्थलमा प्रहरी पुग्दा करिब ९० प्रतिशत मतपत्र जलेको अवस्थामा भेटिएको थियो। सो घटनामा संलग्न भएको आरोपमा प्रहरीले ३ जनालाई प्रक्राउ गरेर आवश्यक अनुसन्धान सुरु गरिरहेको छ । घटनापछि मतदान कार्य स्थगित भएको छ।

 

प्रतिक्रिया दिनुहोस