वैद्य र विप्लव नेतृत्वको पार्टी बिच एकताको प्रयास

जनयुद्ध दिवसका दिन पारेर फागुन १ मा मोहन वैद्य (किरण) नेतृत्वको नेकपा क्रान्तिकारी (माओवादी) र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका बीचमा पार्टी एकताको घोषणा गर्ने तयारी

सफल खबर संवाददाता

शुक्रबार, १७ पुस २०७७, ०८ : ४०
वैद्य र विप्लव नेतृत्वको पार्टी बिच एकताको प्रयास

काठमाडौं । संसदीय प्रक्रिया भन्दा बाहिर रहेका दुई कम्युनिष्ट पार्टी बीच पार्टी एकताको कोसिस भएको छ । मोहन वैद्य (किरण) नेतृत्वको नेकपा क्रान्तिकारी (माओवादी) र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका बीचमा पार्टी एकताको प्रयास भएको हो । रणनीतिक रुपमा मोर्चाबन्दी गर्दैै अब पार्टी एकता गरेर जाने विषयमा यी दुई पार्टीका बीचमा आन्तरिक छलफलहरु तिव्र भईरहेको समाचार प्राप्त भएको छ ।

सम्भव भए फागुन १ को जनयुद्द दिवसको अवसर पारेर पार्टी एकता गर्ने तयारी भएको क्रान्तिकारी माओवादीका एक उपल्लो स्तरका नेताले जानकारी दिए । ‘घनीभूत छलफल जारी छन्, अब अझ बढी आन्तरिक छलफल गरेर एकता गर्ने दिशामा सकारात्मक पहलकदमी अगाडी बढेको छ,’ ति नेताले सफलखबरसँग भने,–‘अहिले रणनीतिक मोर्चाबन्दी भएको छ । मोर्चाबन्दीमा अन्य थप दुई साना कम्युनिष्ट पार्टीलाई पनि समेट्ने प्रयास भएको छ ।’ 

विप्लवले अगाडी बनाएको एकीकृत जनक्रान्तिको कार्यदिशासँग मोहन वैद्य सहमत छैनन् । तर अब विचार र नेतृत्वमा दुवै पक्षले केही लेनादेना गरेर सहमतिको कोसिसका लागि दुवै पक्षका नेताहरु जुटिरहेका छन् । त्यसै प्रयासमा आहुति र ऋषि कट्टेल नेतृत्वका पार्टीलाई पनि समेटेर बृहत क्रान्तिकारी धुव्रिकरणको प्रयास गर्ने उनीहरुका बीचमा छलफल भएको स्रोतले बताएको छ । कोरोनाका कारण तत्काल शसस्त्र विद्रोहको बाटोमा जान नसकिने र पहिले जनआन्दोलनको सृष्टि गर्ने गरी राजनीति अगाडी बढाउने गरी यी क्रान्तिकारी पार्टीहरुका बीचमा छलफल केन्द्रीत रहेको देखिन्छ ।

मिल्दा सम्म वैद्य (किरण) नेतृत्वको क्रान्तिकारी (माओवादी), विप्लव नेतृत्वको नेकपा मात्र होइन, ऋषि कट्टेल नेतृत्वको नेकपा र विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका बीचमा पनि एकता गराउने प्रयास जारी छ । यी चार पार्टीले १४ पुसमा संयुक्त वक्तब्य जारी गर्दै ओली नेतृत्वको सरकारले राष्ट्रिय स्वाधिनता, जनतन्त्र र जनजीविकामाथी संकट झन थोपर्ने काम गरेको ठहर गर्दै संसद पूर्नस्थापना र मध्यावधी निर्वाचन मात्रले समस्याको समाधान गर्न नसक्ने ठोकुवा गरेको छ ।

यी चार शक्तिले दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताको अन्त्य र सङ्घीय जनगणतन्त्र-वैज्ञानिक समाजवादको स्थापनाले मात्र समस्याको समाधान दिन सक्ने विकल्प समेत प्रस्तुत गरेको छ । विप्लव र वैद्यका बीचमा एकताका लागि भएका छलफल फलदायी हुन नसकिरहेका बेला पछिल्ला छलफल भने सकारात्मक मोडमा पुगेको हो । पहिले यी दुई नेताले एकमतले एकले अर्काे पक्षलाई दोष देखाउदै आएका थिए । तर दुवै पार्टी र अन्य उनीहरुसँगै विचार राजनीति मिल्ने शक्तिहरुका बीचमा पनि एकता गर्दै क्रान्तिकारी धुव्रिकरण हुनुपर्ने माग बढ्न थालेपछि भने गम्भिरतापूर्वक नै नेताहरु सम्वादमा बस्न थालेको बताईएको छ ।

विप्लवले अगाडी बनाएको एकीकृत जनक्रान्तिको कार्यदिशासँग मोहन वैद्य सहमत छैनन् । तर अब विचार र नेतृत्वमा दुवै पक्षले केही लेनादेना गरेर सहमतिको कोसिसका लागि दुवै पक्षका नेताहरु जुटिरहेका छन् । त्यसै प्रयासमा आहुति र ऋषि कट्टेल नेतृत्वका पार्टीलाई पनि समेटेर बृहत क्रान्तिकारी धुव्रिकरणको प्रयास गर्ने उनीहरुका बीचमा छलफल भएको स्रोतले बताएको छ । कोरोनाका कारण तत्काल शसस्त्र विद्रोहको बाटोमा जान नसकिने र पहिले जनआन्दोलनको सृष्टि गर्ने गरी राजनीति अगाडी बढाउने गरी यी क्रान्तिकारी पार्टीहरुका बीचमा छलफल केन्द्रीत रहेको देखिन्छ ।

यस्तो अवस्था आएमा विप्लव समेत खुल्ला राजनीतिमा आएर सडक संर्घषमा जोड दिन सक्ने बताईएको छ । पार्टीलाई मोर्चा खुल्ला गर्ने र पार्टीलाई अर्ध भूमिगत बनाउने गरी जाने गरी यो समुहका नेताहरुका बीचमा एकताको छलफल चलिरहेको स्रोतले बताएको छ । ‘छलफलहरु सकारात्मक छन्, क्रान्तिकारी शक्तिहरुका लागि एउटा खुसीको खबर पार्टी एकताले दिन सक्छ, त्यसैको प्रयास भईरहेको छ, सम्भवतः फागुन १ त्यस्तो दिन बन्नेछ, जुन दिनले पार्टी एकताको नयाँ कोसेढुंगा सावित गर्नेछ,’  वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका एक नेताले बताए ।
 

प्रतिक्रिया दिनुहोस