कोरोना कहरबाट अझै उठ्न सकेन नेपाल भलिबल संघ

राष्ट्रिय खेल जस्तो ट्याग बोकेको खेलले प्रतियोगिताका लागि अझै किन तदारुक्दा नदेखाएको ?

सफल खबर संवाददाता

विहीबार, १६ पुस २०७७, १६ : २८
कोरोना कहरबाट अझै उठ्न सकेन नेपाल भलिबल संघ

सांकेतिक तस्वीर

काठमाडौं । राष्ट्रिय खेलको मान्यता पाएको भलिबलले नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा राम्रै चर्चा पायो । पुरुष र महिला टोलीको प्रदर्शनलाई तुलना गर्दा महिला टोलीले निकै राम्रो प्रशंसा पनि पायो । महिला टोली उपविजेतामा खुम्चिन बाध्य बन्यो भने पुरुष टोली सुरुआती चरणबाट नै बाहिरियो । राष्ट्रिय खेल बनेसँगै भलिबलले राष्ट्रबाट उचित सम्बोधन पाएको छैन भने नेपाल भलिबल संघले क्यालेन्डरका खेल अझै सुचारु गर्न सकेको छैन । 

कोभिडले विश्व थलिएसँगै खेलकुदपनि त्यसको मारमा प¥यो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता तय भएको तालिकामा हुन नसक्दा केही महाकुम्भ खेल मेला पनि सरे । तर चलायमान भइराख्नु पर्ने खेलकुद क्षेत्र अन्तर्राष्ट्रिय स्तरमा जुरमु¥याउँदा नेपालमा भने त्यो सम्भव हुन सकेन । न्युन भौतिक पूर्वाधार र पूरा गर्नु पर्ने स्वास्थ पोर्टोकल असम्भव हुँदा नेपाली खेलकुदलाई ठप्प राख्नु बाहेक विकल्प रहेन । तर अहिलेको अवस्थामा खेलकुद गतिविधि विस्तारै तंग्रिन थालेका छन् । प्राविधिक हिसाबमा संघले गर्नु पर्ने जिम्मेवारीे पूरा गर्न सकेका छैनन भने तालिकाका केही प्रतियोगितामा पनि आयोजना हुन सकेका छैनन् । राष्ट्रिय खेल भलिबल भन्दै चर्को भाषण गरे पनि अझै सम्म भलिबल संघले कुनै प्रतियोगिताको तालिका तय गर्न सकेको छैन ।

कोभिड महामारी भएको पनि वर्ष दिन वितिसकेको छ । गत चैत यता नेपालमा भलिबल गतिविधि प्राय ठप्प छन् । अहिले सरकारी तवरबाट खेलाडीलाई खेलमा फर्काउनका लागि अनौपचारिक रुपमा अनुमति दिए पनि भलिबल संघले कुनै पनि गतिविधितर्जुमा गर्न सकेको छैन । किन नसकेको त भन्ने जिज्ञासामा महासचिव चन्दले आर्थिक विषय मुख्य पाटो भएको बताए । 

दक्षिण एसियाली खेलकुद (साग) मा महिला टोलीले गरेको प्रदर्शनलाई लिएर भलिबल संघ दंग देखिन्छ । तर पुरुष टोलीमा खस्किएको पारो संघले नियाल्न नसकेको नतिजामा छर्लङ छ ।  नियमित र न्युन प्रतियोगिताका कारण खेलाडीले पनि राम्रोसँग प्रदर्शन गर्न नसकेको विषयलाई स्वीकार गर्छन  । राष्ट्रिय खेलकुद परिषद (राखेप) मा धेरै संघ मध्येको भलिबल संघले राष्ट्रिय खेलको मान्यता पाउँदा दंग नै छ । तर सार्वजनिक रुपमा संघले आर्थिक हिसाबमा कमजोर भएको स्विकार पनि गर्दछ । कमजोर आर्थिक विषय देखाउँदै प्रतियोगिता गर्न धौ धौ हुने पनि सर्वाजनिक कार्यक्रममा गुनासो गर्दै आएको छ । सामान्य पूर्वाधार र जटिल भौगोलिक बनोटमा सम्भव हुने खेल भन्दै राष्ट्रियताको मान्यता लिन हतारो गरेको संघ साख जोगाउन गम्भीर नदेखिएको हो ?  राष्ट्रिय खेल जस्तो ट्याग बोकेको खेलले प्रतियोगिताका लागि अझै किन तदारुक्दा नदेखाएको ?
 

प्रतिक्रिया दिनुहोस