ग्रील जन्य फलामको मूल्य ६० प्रतिशत बढ्यो

सफल खबर संवाददाता

शनिबार, ११ पुस २०७७, १८ : ५७
ग्रील जन्य फलामको मूल्य ६० प्रतिशत बढ्यो

काठमाडौं । ग्रील तथा स्टील व्यवसायीहरुले ग्रील जन्य फलामको मूल्य अस्वभाविक रुपमा बढेको बताएका छन् ।

व्यवसायीहरुको छाता संगठन ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालले शनिबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरुले ग्रील जन्य फलामको मूल्य अत्याधिक अनियन्त्रीत र अस्वभाविक रुपमा बढेको बताएका हुन् । जसका कारण व्यवसाय नै धारासायी हुने स्थीतिमा पुग्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । 

कार्यक्रममा महासघका केन्द्रीय अध्यक्ष मोहन कटुवालले कोभिड १९ को कारण बन्दभई मारमा परेका उद्योगहरु बिस्तारै सञ्चालनमा आउन नपाउदै ग्रील जन्य फलाम र निर्माण सामाग्रीको अनियंत्रित रुपमा भएको उच्च मूल्य वृद्धिले सम्पूर्ण ग्रील उद्योग बन्द हुने अवस्थामा पुगेको बताएो । अन्तर्राष्ट्रिय बजारमा फलामको कच्चा पदार्थ ब्लेडको मूल्यमा भएको बृद्धि भन्दा नेपाली बजारमा दोब्बर मूल्य बढेको उनकोे भनाई छ । 

व्यवसायीहरुले पछिल्लो दुई महिनामा मात्रै ग्रीलजन्य फलामको मूल्य प्रतिकिलो ६० प्रतिशत भन्दा धेरैले बढेको बताएका छन् । नेपालमा ग्रील व्यवसायले मात्रै वार्षिक ५० अर्ब बढीको ग्रील जन्य सामग्रीहरुको उत्पादन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस