महेश बस्नेतले दिए पेरिसडाँडा कब्जा गर्ने धम्की

सफल खबर संवाददाता

शनिबार, ११ पुस २०७७, १५ : ५२
महेश बस्नेतले दिए पेरिसडाँडा कब्जा गर्ने धम्की

काठमाडौं । नेकपा केपी ओली समूहका नेता महेश बस्नेतले तत्कालीन एमालेको पार्टी कार्यालयमा आँखा नलगाउन चुनौती दिएका छन् ।

शनिवार ललितपुर क्षेत्र नम्बर १ मा भएको भेलालाई सम्बोधन गर्दै उनले बल्खुमा रहेको कार्यालयमा आँखा लगाए तत्कालीन माओवादी केन्द्रको कोटेश्वर पेरिसडाँडामा रहेको कार्यालय कब्जा गर्ने चेतावनी दिए । 

उनले भने–‘बल्खुमा आँखा नलगाउनुस्, धुम्बाराहीमा आँखा नलगाउनुस्, साविक एमालेले रगत पसिना लगाएर बनाएको पार्टी कार्यालय, ललितपुरमा आँखा नलगाउनुस्, देशभरका सम्पर्क कार्यालयमा आँखा नलगाउनुस्, हामी पेरिसडाँडामा पनि आँखा लगाउँदैनौँ । हाम्रो कार्यालयमा आँखा लगाउनुभयो भने हामी पनि आँखा लगाउँछौँ । पेरिसडाँडा कब्जा गर्नसक्छौँ ।’

उनले पार्टीको निर्वाचन चिन्ह सूर्यमा आँखा नलगाउन पनि  चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस