राजसंस्था र हिन्दु राष्ट्रको माग गदैं राप्रपाको मोटरसाइकल ¥याली

सफल खबर संवाददाता

शनिबार, ११ पुस २०७७, १३ : ४०
राजसंस्था र हिन्दु राष्ट्रको माग गदैं राप्रपाको मोटरसाइकल ¥याली

file photo

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शनिबार काठमाडौंमा मोटरसाइकल ¥याली निकालेको छ । 

राप्रपाले राजसंस्था र हिन्दु राष्ट्रको माग गदैं काठमाडौंमा मोटरसाइकल ¥याली निकालेको हो ।

राप्रपाको यो ¥याली बबहरमहलबाट शुरु भएर थापाथली, त्रिपुरेश्वर, सुन्धारा, रत्नपार्क, जमलहुँदै दरबारमार्ग सम्म पुगेको थियो । ¥यालीमा राप्रपाका अध्यक्षहरु कमल थापा, डा. प्रकाशचन्द्र लोहनी लगायतका वरिष्ठ नेताहरु सहभागि भएका छन् ।

राप्रपाले राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै विभिन्न संघर्षका कार्यक्रम घोषणा गरिसकेको छ । पुस १७ गते उपत्यकामा बृहत प्रदर्शन गर्ने तयारी पनि राप्रपाले गरेको छ ।

प्रतिक्रिया दिनुहोस