स्वनाम साथीलाई श्रद्धाञ्जली दिँदै यसरी सम्झिए प्रचण्डले

सफल खबर संवाददाता

शनिबार, ११ पुस २०७७, १२ : ४०
स्वनाम साथीलाई श्रद्धाञ्जली दिँदै यसरी सम्झिए प्रचण्डले

file photo

काठमाडौं । नेकपा (प्रचण्ड–नेपाल) पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका राष्ट्रिय सल्लाहकार परिषदका सदस्य स्वनाम साथी (शशी शेरचन)को निधनमा दुःख व्यक्त गरेका छन् । शुक्रवार राति ९ः३० बजे स्वनाम साथीको काठमाडौंको मोडल अस्पतालमा निधन भएको थियो । 
शनिबार एक विज्ञप्ति जारी गर्दै  प्रचण्डले स्वनाम साथीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् । 

साथीको जन्म २००७ साल श्रावण १७ गते म्याग्दीको दर्वाङ–२ हाल मालिका गाउँपालिका स्थित रातो ढुंगामा बुबा नयन्त्र प्रसाद शेरचन र आमा सुनकुमारीको कोखबाट भएको थियो । संभ्रान्त परिवारमा जन्मेर पनि साथीले विद्यार्थी जीवनदेखि नै सर्वहारा वर्गको मुक्ति लागि सम्पूर्ण जीवन अर्पण गरेको प्रचण्डले स्मरण गरेका छन् । 

स्वनामले २०२५ सालमा कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेका थिए भने २०३३ सालमा उनकै नेतृत्वमा सर्वहारा कम्युनिष्ट लीग गठन भएको थियो । यस्तै २०३८ सालमा सर्वहारा श्रमिक संगठन नेपाल निर्माण गरी उनले किसान आन्दोलन चलाएको पनि प्रचण्डले स्मरण गरेका छन् । 
 उनको आदर्शपूर्ण पक्ष नै आन्दोलन प्रतिको समर्पण, वर्गीय मुक्ति, देशभक्ति र निजी स्वार्थको तिलाञ्जली थियो भन्दै प्रचण्डले स्वनामका यिनै आदर्श कम्युनिष्ट आन्दोलनका लागि प्रेरणादायी र अनुकरणीय हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस