राष्ट्रघातपछि प्रधानमन्त्री ओलीलाई दिल्लीमा रातो कार्पेट

सफल खबर संवाददाता

शनिबार, ११ पुस २०७७, ११ : १९
राष्ट्रघातपछि प्रधानमन्त्री ओलीलाई दिल्लीमा रातो कार्पेट

काठमाडौँ । प्रतिनिधि सभा विघटन गरेपछि सबैभन्दा खुसी भएको को होला ? यतिखेर । आम मानिसले सहजै भन्न सक्छन्, पूर्व राजा ज्ञानेन्द्र । तर होइन, उनले हालै सार्वजनिक गरेको एक ट्विटमा ज्ञानेन्द्रले जनताको निर्णय नमान्ने शासकलाई जनताले नै ठेगान लगाइदिने बताएका छन् । उनले आफूले सहजै राजदरबार छाडेर नेपाली जनताको मतलाई सम्मान गरेको उनले बताएका छन् । तर खड्ग ओलीको हैसियत ज्ञानेन्द्रको भन्दा पनि तल्लो स्तरमा रहेको उनका पछिल्ला गतिविधिले देखाएको छ ।

ओलीले नेपालको इतिहासमा नै सबैभन्दा बढी मत पाएको नेकपालाई फुटाउने हर्कत मात्रै गरेनन् संविधन सभाबाट निर्माण भएको संविधानलाई समेत पङ्गु बनाउने कुचेष्टा गरे । आफू नभए कुर्सी नै भाँचिदिने बताएका ओलीले नेपाली जनताको भरोसामाथि नै विश्वासघात गरेका छन् । ओलीले गरेको ज्यादतीका कारण संविधान नै नरहने हो कि भन्ने चिन्ता पनि बढेर गएको छ । विशेषगरी भारतीय खुफिया एजेन्सीसँग ओलीको राम्रै सम्बन्ध थियो । ओलीले हायात होटलमा गएर रअका प्रमुख सामान्त गोयलसँग ३ घण्टा लामो कुराकानी गरेका थिए । विवादास्पद व्यापारी रामेश्वर थापाको योजनामा नै यी सबै तालमेल मिलाइएको थियो ।

राजनीतिक सम्बन्ध विस्तार गर्नुको साटो, राष्ट्रवादको जामा पहिरेर ओलीले देश विरुद्ध नै घात गरेका छन् । संसद् विघटन गरेर निर्वाचनको घोषणा गरेका ओली ज्ञानेन्द्रलाई समेत माथ गर्ने शैलीमा यही पुसको तेस्रो साता अर्थात् पुस २१ गते भारत भ्रमणमा जान लागेका छन् । ओलीलाई भारत भ्रमण गराउन उनै रामेश्वर थापादेखि रअका प्रमुखसम्म लागिपरेका छन् ।

राजनीतिक सम्बन्ध विस्तार गर्नुको साटो, राष्ट्रवादको जामा पहिरेर ओलीले देश विरुद्ध नै घात गरेका छन् । संसद् विघटन गरेर निर्वाचनको घोषणा गरेका ओली ज्ञानेन्द्रलाई समेत माथ गर्ने शैलीमा यही पुसको तेस्रो साता अर्थात् पुस २१ गते भारत भ्रमणमा जान लागेका छन् । ओलीलाई भारत भ्रमण गराउन उनै रामेश्वर थापादेखि रअका प्रमुखसम्म लागिपरेका छन् ।

नेपालको संसद् विघटन भएपछि यतिखेर सबैभन्दा खुसी भारतीय संस्थापन पक्ष नै भएको छ । रअ नेपालमा सफल भएको, नेकपा दुई टुक्रामा विभक्त भएको, दुई तिहाइ जनमतमा खण्डित भएको भन्दै भारतले प्रसन्नता व्यक्त गरेको छ । यही अवसरमा ओलीको भारत भ्रमण गराउने तयारी थालिएको छ । 

विशेषगरी नेपालस्थित भारतीय राजदूतावासलाई समेत जानकारी नदिई भित्रभित्रै भ्रमणको तयारी थालिएको जानकारहरू बताउँछन् । ओलीको भारत भ्रमणको तयारी भइरहेको बालुवाटार निकटस्थको भनाइ छ । परराष्ट्र मन्त्रालयले पनि ओलीलाई भारत पु¥याउने योजना बनाएको छ । ओलीको कदम गलत भएको बताएका प्रदीप ज्ञवालीले समेत पछिल्लो पटक राम्रै हप्की खाएका छन् । 

प्रचण्डहरूको योजनामा लागेर मेरो विरुद्धमा लाग्ने भन्दै ओलीले ज्ञवालीलाई टिप्पा लिएका थिए । उनै ज्ञवालीले ओलीलाई भारत भ्रमणमा लगेर राम्रैसँग खुइल्याउनुपर्छ भन्दै लागेका छन् । पार्टी फुटाएर, संसद् विघटन गरेर भारत भ्रमणमा गएपछि ओलीको राष्ट्रवाद राम्रैगरी सतहमा देखिने भएकाले केहीले भनेजति सकिन्छ, त्यति नै चाँडो भारत भ्रमणमा लैजान सहजीकरण गरिरहेको बताइन्छ ।  

नेपालको नक्सा छाप्न नमान्ने, छापिएका नक्सा वितरण गर्नसमेत नदिएका ओलीले देखाएको देशप्रेम र राष्ट्रवाद नक्कली हो भन्ने देखाउन पनि उनको भारत भ्रमण अपरिहार्य रहेको जानकारहरू बताउँछन् । जे भए पनि ओली अब पूर्वराजा ज्ञानेन्द्रहरूसँग मिलेर गणतन्त्रविरुद्ध उभिए भने अन्यथा नमान्ने अवस्थामा पुगेका छन् । किनकि ओली र ज्ञानेन्द्रको गठबन्धन हुने र त्यो गणतन्त्र र परिवर्तनका एजेन्डाविरुद्ध मुखरित हुने अवस्था सिर्जना भएको छ । 
 

प्रतिक्रिया दिनुहोस