पछिल्लो २४ घण्टामा थप ६०८ जनामा कोरोना पुष्टि

सफल खबर संवाददाता

शुक्रबार, १० पुस २०७७, १६ : ०४
पछिल्लो २४ घण्टामा थप ६०८ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ६०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८९२ जना निको भएका छन् । यस्तै ९ जनाको मृत्यु समेत भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५७ हजार २०० पुगेको छ भने निको हुनेको संख्या २ लाख ४८ हजार २९२ पुगेको छ । 

यस्तै हालसम्म कुल १८१६ जनाको मृत्यु हुँदा देशभर ७ हजार ९२ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस