‘गणतन्त्रको आन्दोलन हुँदा बयलगाडाको कथा सुनाउने ओलीले मौका कुरेका रहेछन्’

सफल खबर संवाददाता

शुक्रबार, १० पुस २०७७, १५ : ४६
‘गणतन्त्रको आन्दोलन हुँदा बयलगाडाको कथा सुनाउने ओलीले मौका कुरेका रहेछन्’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा गणतन्त्रको आन्दोलन चल्दै गर्दा प्रधानमन्त्री केपी ओली बयलगाडाको कथा सुनाएर बसेको बताएका छन् । केन्द्रीय समिति बैठकका निर्णयबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले उक्त कुरा बताएका हुन् । 

‘आन्दोलन चल्दै गर्दा केपी ओलीले बयलगाडाको कथा सुनाएको हामी सवैले सुनेकै हौ । तर पछि आन्दोलन सफल भयो । उहाँले पनि म पनि गणतन्त्र स्वीकार्छु, भन्नु भयो । हामीले होला भनेर विश्वास गर्यौं । तर उहाँ मौका कुरेर बस्नुभएको रहेछ’, प्रचण्डले ओलीप्रतिको बुझाइमा आफूहरुको केही कमजोरी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस