संसद विघटनको विरोधमा चितवनमा जुर्मुराए युवा

सफल खबर संवाददाता

आइतबार, ०५ पुस २०७७, १४ : ५७
संसद विघटनको विरोधमा चितवनमा जुर्मुराए युवा

चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसद विघटन गरिएको विरोधमा चितवनका युवाले भरतपुरमा प्रदर्शन गरेका छन् ।

कालो ब्यानर र रातो झण्डासहित जुलुस निकालेर युवाहरुले सडकमा प्रदर्शन गरेका हुन् ।

नेकपा सम्वद्ध जनवर्गीय संगठनहरु चितवनको ब्यानरमा विरोध आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस