​प्रधानमन्त्री ओली प्रचण्ड भेट्न पुगे खुमलटार स्थित उनकै निवास

सफल खबर संवाददाता

शनिबार, ०४ पुस २०७७, ११ : २९
​प्रधानमन्त्री ओली प्रचण्ड भेट्न पुगे खुमलटार स्थित उनकै निवास

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रचण्ड निवास खुमलटार पुगेका छन् । प्रधानमन्त्री प्रधानमन्त्री भएपछि पहिलो पटक प्रचण्ड निवास खुमलटार पुगेका हुन् । 

नेकपामा आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला ओली कार्यकारी अध्यक्ष प्रचचण्डलाई भेट्न ११ बजे खुमलटार पुगेका हुन् । प्रधानमन्त्री खुमलटार जाने भएपछि त्यस क्षेत्रको सुरक्षा व्यवस्था शनिबार बिहानैबाट कडा पारिएको थियो । 

यसअघि बिहीबार र शुक्रबार प्रचण्ड र ओलीबिच बालुवाटारमा भेटवार्ता भएको थियो । ती भेटवार्ता सकारात्मक बन्न सकेका थिएनन् । गत मंगलबार सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि सत्तारुढ नेकपाभित्रको विवाद थप उत्कर्षमा पुगेका बेला ओली खुमलटार पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । ओली यसअघि २०७४ सालमा  खुमलटार गएका थिए ।