मेस्सी र रोनाल्डोलाई पछि पार्दै लेवान्डोस्कीले जिते यो वर्षकै उत्कृष्ट फुटबलरको उपाधी

एजेन्सी

शुक्रबार, ०३ पुस २०७७, ०८ : ४६
मेस्सी र रोनाल्डोलाई पछि पार्दै लेवान्डोस्कीले जिते यो वर्षकै उत्कृष्ट फुटबलरको उपाधी

एजेन्सी । लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोलाई पछि पार्दै रोबर्ट लेवान्डोस्कीले यस वर्षको उत्कृष्ट फुटबलर घोषित भएका छन् ।  फिफाले हरेक वर्ष प्रदान गर्दै आएको बेस्ट फिफा फुटबल अवार्डमा यस वर्ष बार्यन म्युनिखका लेवान्डोस्कीले वर्ष पुरुष खेलाडीको अवार्ड जित्न सफल भएका हुन् ।

ज्यूरिचमा भएको समारोहमा पोल्याण्डका स्ट्राइकर लेवान्डोस्कीले गएको वर्षका विजेता बार्सिलोनाका लियोनल मेस्सी तथा युभेन्टसका रोनाल्डोलाई पछि पारेका हुन् । ३२ वर्षका लेवान्डोस्कीले गएको सिजन ४७ खेलमा ५५ गोल गरेर जर्मन जाइन्टलाई तीन उपाधि दिलाएका हुन् । उनी बुण्डेस लिगा, लिग कप तथा च्याम्पियन्स लिगको उपाधि दिलाउने क्रममा सर्वाधिक गोलकर्ता पनि बने । यस्तै महिला वर्ष खेलाडीको अवार्ड म्यानचेस्टर सिटीकी लुसी ब्रोन्जीले जितेकी छन् ।

राष्ट्रिय टिमका कप्तान, प्रमुख प्रशिक्षक, समर्थकले अनलाइन मार्फत गरेका मत तथा २०० खेल पत्रकारको मतका आधारमा विजेताको घोषणा गरिएको हो । लेवान्डोस्कीले पहिलो पटक अवार्ड जितेका हुन् । यसअघिका वर्षहरुमा सामान्यतया मेस्सी र रोनाल्डोले जित्दै आएका थिए । यो सिजन पनि लेवान्डोस्कीले राम्रो प्रदर्शन गरिरहेका छन्, उनले बार्यनका लागि १४ खेलमा १६ गोल गरिसकेका छन् ।

लेवान्डोस्कीले अवार्ड जित्नु र त्यो अवार्ड मेस्सी र रोनाल्डो जस्तो खेलाडीसँग जोडिएको हुनु ठूलो गर्वको कुरा रहेको बताएका छन् । लिभरपुलका प्रशिक्षक जर्गेन क्लोप्प उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । यस्तै बार्यनका म्यानुएल नूयर उत्कृष्ट गोलरक्षक भ एभने सन हेङ्ग–मिनले गएको सिजन बर्नलीविरुद्ध गरेको गोलले पुस्कास अवार्ड जित्यो ।

प्रतिक्रिया दिनुहोस