शान्ति सुरक्षा कायम गर्न कुनै कसर बाँकी राख्नुहुन्न

रासस

मंगलबार, ३० मंसिर २०७७, २० : ५९
शान्ति सुरक्षा कायम गर्न कुनै कसर बाँकी राख्नुहुन्न

काठमाडौं । प्रहरी अतिरीक्त महानिरीक्षक विश्वराज पोखरेलले उपत्यकाको शान्ति सुरक्षा कायम गर्ने सवालमा कुनै कसर बाँकी नराख्न मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ । 

हालै बढुवा भएर अतिरिक्त महानिरीक्षक हुनुभएका पोखरेलले राष्ट्रिय सभागृहमा आज आयोजित समारोहमा मुलुकले लिएको समृद्धिको लक्ष्य प्राप्त गर्न प्रहरीको अहम् भूमिका रहने बताउनुभयो । 

उहाँले कोभिड–१९ को सङ्क्रमण जोखिमको वर्तमान विषम परिस्थितिमा सीमित स्रोत र साधनको प्रयोग गर्दै निर्वाह गरेको जिम्मेवारीले नेपाल प्रहरीप्रति आमनागरिकको विश्वास बढेको छ भन्नुभयो । “यो विश्वासलाई अझै बढाउँदै लैजानुपर्छ प्रहरी नागरिकमैत्री भएमा मात्रै समुदायको सहयोग पाइन्छ”, प्रहरी अतिरीक्त महानिरीक्षक पोखरेलले भन्नुभयो ।

व्यावसायिक, लागनशील, असल आचरणका साथ सङ्गठनले दिएको जिम्मेवारी बहन गर्दै लिइएको उद्देश्य प्राप्तितर्फ अग्रसर हुन उहाँले प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो । उहाँले प्रहरीले कुनै लोभ लालचमा लागेर सङ्गठनविपरीत हुने गरी कार्य गरेमा भने कुनै माफी दिन नसकिने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस