गौतम बुद्ध कप : नारायणीले बागमतीलाई सुपर ओभरमा हरायो

सफल खबर संवाददाता

शनिबार, २७ मंसिर २०७७, १६ : ३८
गौतम बुद्ध कप : नारायणीले बागमतीलाई सुपर ओभरमा हरायो

चितवन । चितवनको निर्माणीधन क्रिकेट मैदानमा भएको गौतम बुद्ध कपको पहिलो खेलमा नारायणीले बागमतीलाई सुपर ओभरमा हराएको छ । 

निर्धारित २० ओभरमा दुवै टोलीले समान ११७ रन बनाएपछि खेफ सुपर ओभरमा धकेलिएको थियो, जहाँ पहिले ब्याटिङ गर्दै नारायणीले २५ रन बनाएको थियो । नारायणीका करण केसीले सोमपाल कामीको ओभरमा ४ छक्का प्रहार गरे । जवाफमा बागमतीले २० रन मात्र बनाउन सक्यो । नारयणीका करण नै बलिङमा आएका थिए । कप्तान ज्ञानेन्द्र मल्ले ३ छक्का प्रहार गरेपनि बागमतीले २० रन मात्र बनाउन सक्यो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११७ रन बनाएको थियो । खराब सुरुवात गरेपनि विक्रम सोब र राशिख खानले आक्रमक ब्याटिङ गरेपछि बागमतीले सय रन कटाएको हो । ओपनर सुनील धमलाले सर्वाधि ३७ रन बनाए । यस्तै विक्रम सोब पनि ३७ रनमै अविजित रहे भने रासिद खानले २७ रन योगदान गरे । बलिङमा नारायणीका शहाब आलमले ३ तथा दिपेश श्रेष्ठले २ विकेट लिए ।

११८ रनको लक्ष्य पछ्याएको नारायणीले पनि निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११७ रनमै नै बनायो । नारायणीका लागि आरिफ शेखले सर्वाधिक ४४ रन बनाए भने सिद्दान्त लोहनीले २० रन जोडे । बलिङमा बागमतीका सोमपाल कामीले २ विकेट लिएभने  सागर ढकाल, पवन सर्राफ, विक्रम शोव र ललित नारायण राजवंशीले समान एक विकेट हात पारे  ।

सुबास खकुरेलले नारायणीको कप्तानी गरेका थिए । बागमति प्रदेश क्रिकेट संघको आयोजना र चितवन जिल्ला क्रिकेट संघको सहआयोजनामा शनिवारदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला नजिकै नमुना क्रिकेट मैदान सुरु प्रतियोगितामा तीन टिमले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस