चितवनको निर्माणाधीन क्रिकेट रङ्गशालामा गौतम बुद्ध कप सुरु (फोटो फिचर)

सफल खबर संवाददाता

शनिबार, २७ मंसिर २०७७, १५ : १५
चितवनको निर्माणाधीन क्रिकेट रङ्गशालामा गौतम बुद्ध कप सुरु (फोटो फिचर)

चितवन ।  चितवनको भरतपुर महानगरमा निर्माणाधीन क्रिकेट रङ्गशालामा गौतमबुद्ध कप सुरु भएको छ । जसको नाम गौतमबुद्ध कप, २०२० क्रिकेट प्रतियोगिता दिइएको छ ।

वाग्मती प्रदेश क्रिकेट सङ्घको आयोजना तथा चितवन क्रिकेट सङ्घको संयोजनमा प्रतियोगिता भएको हो । खेल निर्माणाधीन रङ्गशालाको नमुना मैदानमा भइरहेको धर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले जानकारी दिए ।

प्रतियोगितामा बागमती, राप्ती र नारायणी गरी तीन वटा समूह सहभागी भएका छन् । वाग्मतीको कप्तानमा ज्ञानेन्द्र मल्ल नारायणीको कप्तान सुबास खकुरेल  र राप्तीको कप्तानमा विनोद भण्डारी छन् । 

प्रतियोगिताको फाइनल खेल मंसिर ३० गते हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस