आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

शनिबार, २७ मंसिर २०७७, ०८ : १७
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने जनाएको छ । शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुने मौसमविदले बताएका छन् । सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका उच्च हिमाली भू–भागमा हल्का हिमपात हुने सम्भावना छ ।

प्रदेश १ को पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना समेत रहेको मौसमविदले बताएका छन् । पश्चिमी वायुको प्रभावसँगै दक्षिणपूर्वी अरबियन सागरबाट जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरेकाले देशभर मौसम प्रभावित भएको हो । अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।

राति प्रदेश १, प्रदेश २ र बागमती प्रदेश तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ । हिमाली भू–भागमा हल्कादेखि मध्यम खालको हिमपातको सम्भावना र प्रदेश १ को पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस