सातामा दुई दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस

सफल खबर संवाददाता

विहीबार, २५ मंसिर २०७७, १६ : ०१
सातामा दुई दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस

काठमाडौं । सातामा दुई दिन सरकारलाई सिफारिस भएको छ । सार्वजनिक बिदा दिन बनेको सरकारी अध्ययन समितिले आफ्नो अध्ययन प्रतिवेदन सरकारलाई बुझाउँदै हप्तामा दुई दिन बिदा दिन सिफारिस गरिएको हो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्वमा बनेको अध्ययन समितिले हप्तामा दुई दिन बिदा दिन सम्भव रहेको भन्दै प्रतिवेदन मार्फत सरकारलाई बिदा दिन सिफारिस गरेको हो ।

हप्तामा दुई दिन बिदा दिने प्रयोग अन्तर्राष्ट्रिय बजारमा समेत निकै सफल र व्यवहारिक देखिएको भन्दै समितिले सोही अनुसार नेपालले पनि गर्ने प्रयोग सक्ने जनाएको छ । 

हाल विश्वका ८८ भन्दा बढि मुलुकहरुमा हप्ताको दुई दिन बिदा दिने प्रचलन छ । नेपालले पनि सोही प्रयोग गर्न सके, आन्तरिक पर्यटन प्रवद्र्धनका साथै सार्वजनिक खर्चमा कटौती, इन्धन खपतमा कटौती, उत्पादकत्व वृद्धि लगायतका धेरै क्षेत्रमा फाइदा पुग्ने अध्ययन समितिले बताएको छ । 

प्रतिक्रिया दिनुहोस