मानव अधिकार पुरस्कारको घोषणा

सफल खबर संवाददाता

विहीबार, २५ मंसिर २०७७, १४ : ५३
मानव अधिकार पुरस्कारको घोषणा

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगबाट प्रदान गरिँदै आएको “दयाराम स्मृति मानव अधिकार सम्मान” यस वर्ष मानव अधिकारकर्मी तथा अभियन्ता डा. रेणु अधिकारी र “मानव अधिकार पुरस्कार” पत्रकार तथा मानव अधिकारकर्मी झलक गैरेलाई प्रदान गरिने भएको छ ।

आयोगले अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा मानव अधिकार सम्मान तथा पुरस्कारको घोषणा गरेको हो । 

सम्मानित हुने डा. रेणु अधिकारी महिला मानव अधिकार रक्षक सञ्जाल (ओरेक) नेपालका संस्थापक तथा लैङ्गिक समानता, लैङ्गिक न्याय र महिला हिंसाको न्यूनीकरणको अभियानमा विगत तीन दशकदेखि निरन्तर कार्य गर्दै आएकी छिन् । 

यस्तै  झलक गैरे नेपालगञ्जस्थित नेपालगञ्ज दैनिकको प्रधान सम्पादक, रेडियो भेरी आवाजका स्टेशन प्रमुख, नेपाल पत्रकार महासंघको पूर्व केन्द्रीय सदस्य÷प्रदेश संयोजक छन् । गैरेले पत्रकारिताको माध्यमबाट मानव अधिकारको संरक्षण र सम्वद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका छन् । 

मानव अधिकारको क्षेत्रमा उनीहरुले पु¥याएको योगदानलाई उच्च सम्मानका साथ आगामि दिनमा समेत मानव अधिकारको क्षेत्रमा थप योगदान पु¥याउने विश्वास आयोगले लिएको छ 

प्रतिक्रिया दिनुहोस