बेसार खेतीतर्फ किसान आकर्षित

सफल खबर संवाददाता

विहीबार, २५ मंसिर २०७७, १४ : ३३
बेसार खेतीतर्फ किसान आकर्षित

सांकेतिक तस्वीर

बर्दिया । जंगली जनावरले धान वाली नस्ट गरिदिएपछि बर्दियाको मधुवन नगरपालिकाका कृषकहरु व्यवसायीक बेसार खेतितर्फ आकर्षित भएका छन ।

उत्पादन भएको धान जनावरले नस्ट पारिदिएपछि मधुवन नगरपालिका वडा नम्बर १ का ७५ जना किसानले बेसार खेति शुरु गरेका हुन् ।करिब १४ विघा जमिनमा बेसार खेती गरेका हुन । बेसार खेतिको उत्पादन, प्रशोधन तथा बजारीकरण गर्नमा कृषकहरुलाई सहयोग गर्ने गरिएको छ ।

सो खेतमा धानको खेती गर्दा जंगली जनावरले सबै वालीसखाप पारेका थिए तर यो बर्ष बेसार खेती गर्दा केही राहत हुने भएको देखिन्छ । 
मधुवन नगरपालिकाको बेसार खेति पकेट क्षेत्र विस्तार योजना अनुसार नगरपालिकाको अनुदान र लुथर्न वल्र्ड रिलिफको आर्थिक सहयोगमा नगरपालिकाका किसानहरुले बेसार खेति शुरु गरेका हुन् ।

दलित महिला उत्थान संघद्धारा सञ्चालित आर्थिक शशक्तिकरणका लागी सीप तथा उद्यमशिलता विकास परियोजना अन्तर्गत किसानहरुले बेसार खेति गरिरहेका छन् । मधुवन नगरपालिका वडा नं. एक का ७५ जना किसानले कबि १४ विघा जमिनमा बेसार खेति गरेका छन् । परम्परागत रुपमा गरिने धानमा जंगली जनावरले क्षति पु¥याएपछि किसानहरु बेसार खेतिमा आकर्षित भएका हुन् ।

सामूहिक रुपमा बेसार खेति गरिएकाले यसलाई विस्तार गरी आगामी वर्ष २० विघा बेसार लगाउने योजनामा नगरपालिका रहेको छ । नगरपालिकामा १० ओटा पकेट क्षेत्र रहेको र त्यस मध्ये बेसार खेतिलाई पहिलो प्रथमिकता दिएर अगाडि नगरपालिकाका कृषि शाखा प्रमुख एकराज ओलीले बताए । नगरपालिकाले बेसार खेतिमा किसानहरुलाई प्रोत्साहित गर्न बिउ समेत उपलब्ध गराएको छ ।

बेसार खेति शुरु भएपछि नगरपालिकाले अनुगमन समेत गरेको छ । शुद्ध बेसार उत्पादन गरी बजार पठाउने र किसानहरुको आर्थिक जीवन बढाउने उद्देश्यले नगरपालिकाले किसानहरुलाई बेसार खेतितर्फ आकर्षित गरेको हो ।

प्रतिक्रिया दिनुहोस