वृद्धा र किशोरीलाई बलात्कार गर्ने दुईजना पक्राउ

बुधबार, ३० फागुन २०७४, १४ : ०९
वृद्धा र किशोरीलाई बलात्कार गर्ने दुईजना पक्राउ

डडेल्धुरा । डडेल्धुरामा वृद्धा र किशारीलाई बलात्कार गरेको अभियोगमा दुईजनालाई पक्राउ गरेको छ ।
बलात्कारको उजुरी परेपछि जिल्ला प्रहरी कार्यालयले गन्यापधुराका २६ वर्षीय केशव लुहार र कञ्चनपुर शुक्लाफाटा नगरपालिका–११ का नरेन्द्रबहादुर कुँवरलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

प्रहरीले फागुन २६ गते ६२ वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा २६ वर्षीय केशव लुहारलाई र फागुन २६ गते नै १७ वर्षीया एक किशोरीलाई बलात्कारको आरोपमा कुँबरलाई गरिएको प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताउनुभयो ।(रासस)

 

प्रतिक्रिया दिनुहोस