प्रतिवन्धित ट्यावलेटसहित दाङमा एक युवा पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, १९ मंसिर २०७७, ०८ : ३९
प्रतिवन्धित ट्यावलेटसहित दाङमा एक युवा पक्राउ

तुलसीपुर । तुलसीपुरवाट विभिन्न खाले प्रतिवन्धित लागुऔषध ट्यावलेटसहित प्रहरीले  एकजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ आकाशे निवासी २५ बर्षीय देबबहादुर खड्का रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

लागु औषध विक्रि वितरण गर्नको लागि खड्का रा १ ख १६८२ नम्बरको बसवाट तुलसीपुर आएको भन्ने गोप्य सूचनाको आधारमा खानतलासी गर्दा बुधवार विहान ७ बजेतिर उनी पक्राउ परेको प्रहरीले बताएको छ ।प्रहरी निरिक्षक झविन्द्र परियारको कमाण्डमा खटिएको प्रहरीले तुलसीपुर ५ बर्ष पार्क क्षेत्रवाट पक्राउ गरेको थियो ।

बस भित्रै बसिरहेका खड्कालाई खान तलासी गर्ने क्रममा झन्डै साढे ४ सय जति विभिन्न प्रतिवन्धित ट्याबलेटहरु बरामद भएको प्रहरीले जनाएको छ । खड्कालाई हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस