काठमाडौँ – आज दिउसो १ बजेका लागि तय भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक एक घण्टा पछिका लागि सरेको छ ।
पार्टी महासचिव समेत रहेका अर्थ मन्त्री विष्णु पौडेलले एक घण्टा समय मागेपछि तय भएको बैठकको समय सारिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारि दिए ।
प्रवक्ता श्रेष्ठले भने, ‘महासचिव पनि बैठकमा आउने कुरा थियो । तर उहाँले विशेष काम परेकाले एक घण्टा समय माग्नु भयो । हामीले उहाँका लागि बैठक २ बजेका लागि सारेका छौँ ।’
प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले केही समय बैठक नराख्न गरेको आग्रहका बाबजुद सचिवालय बैठक बस्न लागेको हो । सो बैठकमा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको प्रस्तावमाथि छलफल हुने जनाइएको छ ।
मंगलबार बैठकमा ओलीले प्रचण्डको प्रस्ताव फिर्ता लिनु पर्ने र त्यसमा छलफल अघि बढाउन नहुने प्रस्ताव गरेका थिए । तर अधिकांश सदस्यले दुवै अध्यक्षको प्रस्तावमा छलफल अघि बढाउने बताएपछि ओलीलाई ‘धक्का’ लागेको थियो ।
ओलीले केही समय अनौपचारिक छलफल गरेर मात्रै पार्टीका कमिटिहरुका बैठक बस्नु पर्ने बताएका थिए ।
ओलीले आफू बुधबारको बैठकमा उपस्थित हुन नसक्ने बताएका थिए । ओली बुधबारको बैठकमा सहभागी हुने–नहुने अनिश्चित नै छ । ओली पक्षले उनी बैठकमा सहभागी नहुने बताएको छ । प्रचण्ड पक्षले भने अन्तिम समयसम्म पर्खिने बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ मंसिर २०७७, १२ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अध्यादेश अघि नबढेपछि एमालेले बोलायो सचिवालय बैठक
आलोकनगरमा एकीकृत समाजवादीको सचिवालय बैठक
संसदीय दलको कार्यवाहक नेताबारे छलफल गर्दै रास्वपा
च्यासलमा सुरु भयो एमाले सचिवालय बैठक
रास्वपाले बोलायो सचिवालय बैठक
चुनाव र चीन भ्रमणको समीक्षा गर्न सचिवालय बैठक बोलाउँदै एमाले