डोटी । उच्च रक्तस्रावले अछामको तुर्माखाद गाउँपालिका–४ की ३८ वर्षीया नामसरा विकको जिल्ला अस्पताल अछाममा मृत्यु भएको छ । जिल्ला अस्पताल अछामका डा. अतुल भारद्वाजका अनुसार सुत्केरी व्यथा लागेकी निज महिलालाई अत्यधिक रक्तस्राव भएका कारण मृत्यु भएको हो ।
विकले समयमै उपचार नपाएका कारण मृत्यु भएको चिकित्सकले बताएका छन् । सोमबार मध्याह्न १२ बजेपछि सुत्केरी व्यथा लागेकी निजको अत्यधिक रक्तस्राव भएपछि उपचारका लागि जिल्ला अस्पतालमा ल्याइए पनि रक्तस्राव नरोकिएका कारण उहाँको गए राति ज्यान गएको जिल्ला अस्पताल अछामले जनाएको छ ।
“रक्तस्राव निकै बढी भएको रहेछ”, डा भारद्वाजले भने, “ढिलो गरी अस्पताल ल्याउँदा उहाँको मृत्यु भयो ।” उनको गर्भमा रहेको बच्चाको पनि पेटमै मुत्यु भएको अस्पतालले जनाएको छ । मृत शिशु जन्मेको तीन घण्टापछि निज सुत्केरीको रक्तस्राव नरोकिँदा मृत्यु भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १६ मंसिर २०७७, ११ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काभ्रेका बाढी प्रभावित गर्भवती र सुत्केरीलाई ब्लाङ्केट वितरण
दुई वर्षदेखि बरेङमा ‘घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य’
‘बर्थिङ सेन्टर’मा सुत्केरीको बिचल्ली
अछाममा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार
सुत्केरीको मृत्यु भएपछि कर्णाली प्रदेश अस्पताल परिसर तनावग्रस्त
झापामा गर्भवती र सुत्केरीलाई पौष्टिक पिठो