नेपालमा थप २९ जनाको मृत्यु, १४७४ जना संक्रमित थपिए, १९३१ जना निको भए

सफल खबर संवाददाता

सोमबार, १५ मंसिर २०७७, १६ : ३६
नेपालमा थप २९ जनाको मृत्यु, १४७४ जना संक्रमित थपिए, १९३१ जना निको भए

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा १ हजार ४७४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ ।

यस्तै २४ घण्टामा १ हजार ९३१ जना कोरोना संक्रमित निको भएका छन् । यससँगै नेपालमा निको हुनेको संख्या २ लाख १४ हजार ५२१ पुगेको छ । नेपालमा हाल १७ हजार ४२३ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै २४ घण्टामा नेपालमा २९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १ हजार ५०८ पुगेको छ ।