प्रधानमन्त्री ओलीले खोले टिकटक एकाउन्ट

सफल खबर संवाददाता

सोमबार, १५ मंसिर २०७७, १५ : २१
प्रधानमन्त्री ओलीले खोले टिकटक एकाउन्ट

काठमाडौं ।  युवापुस्तामा लोकप्रिय बनिरहेको भिडियो सेयरिङ एप टिकटकमा प्रधानमन्त्रीले एकाउन्ट खोलेका छन् । प्रधानमन्त्री टिकटक एकाउन्ट भेरिफाइडसमेत भइसकेको छ । 

नयाँ पुस्तामाझ टिकटक चर्चित छ। प्रधानमन्त्रीको सचिवालय सदस्यले टिकटकको एकाउन्ट खोलेर आफ्ना कुरा जनतामाझ लैजान सुझाव दिएपछि प्रधानमन्त्री ओलीले टिकटक एकाउन्ट खोलेका हुन् । टिकटकमा प्रधानमन्त्री ओली शर्मा अफिसियल नाम दिइएको छ । 

पहिलो भिडियोका प्रधानमन्त्री ओलीले गरेको भाषणको एउटा अंश हालेका छन्। यसलाई झण्डै दुई लाखले हेरिसकेका छन् । 

प्रतिक्रिया दिनुहोस