डिएनए परीक्षण पछि मात्रै शव आफन्तलाई बुझाइने

मंगलबार, २९ फागुन २०७४, १५ : ४३
डिएनए परीक्षण पछि मात्रै शव आफन्तलाई बुझाइने

काठमाडौं :  यूएस बंगाल विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव डिएनए परीक्षण गरिने भएको छ । शवहरु आगोले जलेको कारण शब चिन्न नसकिने अवस्थामा रहेकाले डिएनए परीक्षण गर्न लागिएको हो । ४९ जनाकै शबलाई परिक्षणका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

डिएनए परीक्षण गरेर शव आफन्तलाई बुझाइने अस्पताल स्रोतले जनाएको छ । बंगलादेशको ढाकाबाट सोमबार युएस बंगलाको विमान त्रिभुवन अन्तराष्ट्रिष्य विमानस्थलमा अवतरणको क्रममा दुर्घटनामा परेको थियो । दुर्घटनामा चालक दलका ४ सदस्यसहित ७१ जना सवारमध्ये ४९ जनाको मृत्यु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस